नर्सरी व्यवसायी संघको आयोजनामा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ हुँदै, ५ दिनसम्म चल्ने मेलाका आकर्षणहरू केके हुन् ?

नर्सरी व्यवसायी संघको आयोजनामा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ हुँदै, ५ दिनसम्म चल्ने मेलाका आकर्षणहरू केके हुन् ?

आइतवार, असोज २६ २०८२
आइतवार, असोज २६ २०८२
  • images
    images
    नर्सरी व्यवसायी संघको आयोजनामा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ हुँदै, ५ दिनसम्म चल्ने मेलाका आकर्षणहरू केके हुन् ?

    काठमाडौँ / नर्सरी व्यवसायी संघ नेपालले पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका उत्पादनलाई लक्षित गर्दै ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । 

    असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म चल्ने यस पाँच दिवसीय प्रदर्शनी ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ आयोजना गरिने भएको हो । 

    संघले आर्थिक मन्दीले सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन दिन र स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मेला आयोजना गर्न लागेको जनाएको छ ।

    प्रदर्शनीमा फूल फुल्ने र नफुल्ने आलङ्कारिक बिरुवा, कृषि तथा वनस्पती, जडिबुट्टी र फलफूल नर्सरीका विविध प्रजातीका बोटविरुवा राखिनेछन्। साथै मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बिउ, औजार–सामग्री र प्रविधि प्रदर्शनका लागि स्टल रहनेछ।

    मेला पाँच दिनमा करिब ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु. १०० र विद्यार्थी तथा जेष्ठ नागरिकका लागि रु. ५० तोकिएको छ।

    नर्सरी व्यवसायी संघ नेपालले व्यवसायिक क्षमताको प्रवर्द्धन र प्रतिस्पर्धालाई प्रोत्साहित गर्न शिल्ड, नगद र प्रमाणपत्रद्वारा व्यवसायीहरुलाई पुरस्कृत गर्नेछ। मूल्याङ्कनको लागि कृषि बागवानी विज्ञ, वनस्पती विज्ञ र पुष्प विकास केन्द्रका प्रमुखसहित ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ।

    मेला संयोजक लक्ष्मी महर्जनका अनुसार, प्रदर्शनीले उद्यमी व्यवसायीको मनोबल बढाउने मात्र नभई नर्सरी व्यवसायमा रुचि राख्ने नव–उद्यमी, अनुसन्धानकर्ता र अध्ययनरत व्यक्तिहरूका लागि बृहत् साझा मञ्चको रुपमा काम गर्नेछ।

    तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ को प्रवर्धक संस्था पुष्प विकास केन्द्र र वनस्पती विभाग रहेको छ भने सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर प्रा.लि., ग्रिस्मा नर्सरी, उदय गार्डेन र एभरेष्ट फ्लोरिकल्चर विशेष सहयोगीका रुपमा सहभागी छन्।

    संयोजक महर्जनले देशमा बढ्दो राजनीतिक अस्थिरताले उद्यमी व्यवसायीको मनोवल कमजोर बनाएको भन्दै, व्यवसायिक वातावरण सुदृढ बनाउने सबै पक्षको जिम्मेवारी भएको बताइन् । 

    उनले सञ्चारकर्मीहरूमार्फत नर्सरी उत्पादनका आम उपभोक्तासम्म जानकारी पुर्‍यार्इ सहयोग गर्न आग्रह गरेकी छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय