फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’, केके छन् विशेषता ?

फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’, केके छन् विशेषता ?

आइतवार, असोज २६ २०८२
आइतवार, असोज २६ २०८२
  • images
    images
    फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’, केके छन् विशेषता ?

    काठमाडौँ / फोटोनले आफ्ना लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि आकर्षक ‘जिरो कस्ट अफर’ सार्वजनिक गरेको छ। 

    नेपालभर सीमित समयका लागि लागू यो अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस ९एःक्० सुविधा पाउनेछन्। अफर २०२५ अक्टोबर ३१ सम्म लागू रहनेछ।

    यो अफरमार्फत ग्राहकहरूले आफ्नो टुनल्याण्ड पिकअपको नियमित मर्मत बिना कुनै थप खर्चका सहज रूपमा गर्न सक्नेछन्। 

    यस अन्तर्गत एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्टहरूको निशुल्क मर्मत सेवामा समावेश गरिएको छ। यी कम्पोनेन्टहरूले गाडीको प्रदर्शन सुधार्न र दीर्घकालीन स्थायित्व कायम राख्न मद्दत गर्छन् ।

    फोटोनका अनुसार यो सेवा माथि उल्लेख गरिएका कम्पोनेन्टहरूमा मात्र सीमित रहनेछ। कम्पनीले यस अफरमार्फत ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव प्रदान गर्दै, गाडीको भरपर्दो पर्फर्मेन्स मा निरन्तरता दिने उद्देश्य राखेको जनाएको छ।

    फोटोन टुनल्याण्ड नेपाली बजारमा शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी पिकअपका रूपमा स्थापित भइसकेको छ। यो मोडेल निरन्तर रूपमा देशका सबैभन्दा बढी बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ।

    कम्पनीका अनुसार ‘जिरो कस्ट अफर’ले ग्राहक सन्तुष्टि र मूल्यमा केन्द्रित सेवा विस्तारप्रति फोटोनको प्रतिबद्धता झल्काउँछ। यस अफरले ग्राहकहरूलाई गाडी किन्न अझ सजिलो, आर्थिक र लाभदायक विकल्प उपलब्ध गराउने लक्ष्य लिएको छ।

    फोटोनले देशभरका ग्राहकहरूलाई नजिकको फोटोन सोरुम वा अधिकृत डिलरमा पुगेर यो अफर समाप्त हुनुअघि नै लाभ लिन आग्रह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय