काठमाडौँ / पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमबार उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप लागेका महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।
उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
काठमाडौँ आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई वटा सुटकेस शंकास्पद देखिएपछि विमानस्थल भन्सारले चेकजाँच गर्दा भेपमा लुकाइएको सुन फेला परेको थियो।
पासपोर्ट फिर्ता लिएर हासोङले तत्काल काठमाडौँ छाडे, तर सुन लामो समयसम्म भन्सारमै रह्यो।
सूचना अनुसार विमानस्थलका कर्मचारीले सुन साटे, जुन शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो।
दुई महिनाको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारका नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलगायतलाई पनि संलग्नता आरोपित गर्दै मुद्दा दायर गरिएको छ। महरा संलग्न सुन तस्करी प्रकरणमा बयान लिन अनुसन्धान अघि बढाइएको छ।
राजनीतिक जीवनमा साढे चार दशक सक्रिय पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा राजनीतिक शक्तिको केन्द्रमा रहँदै आएको इतिहासका कारण यो प्रकरणले देशको राजनीतिक र सामाजिक दायरामा ठूलो चर्चा पाएको छ।
उच्चस्तरीय आयोगले महरासहित अनुसन्धानमा संलग्न उच्च पदस्थ प्रहरी अधिकारी, भन्सार कर्मचारी र पूर्व प्रहरी प्रमुखका व्यापारिक साझेदारहरूलाई समेत मुद्दा दायर गर्न सिफारिस गरेको छ।
पूर्वअध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, “राज्यको उच्च पदमा रहिसकेको व्यक्ति शक्ति र रवाफमा राज्य संयन्त्र कब्जा गरेर सुन तस्करीमा संलग्न हुनु लज्जाको विषय हो।”
पूर्वसभामुख महराको विवादित राजनीतिक जीवनमा शिविर व्यवस्थापनमा अनियमितता, टेलिकम फ्रिक्वेन्सी विवाद, ५० करोड रुपैयाँको अडियो सार्वजनिक, यौन दुर्व्यवहार मुद्दा लगायतका विवाद रहेका छन्। तर, यसपटक सुन तस्करी प्रकरणले उच्च पदमा रहेका राजनीतिज्ञहरूको संलग्नतामा प्रश्न उठाएको छ।
सीआईबीले महराको छोरा राहुललाई पक्राउ गरी मुद्दा अघि बढाएको छ भने आयोगले महरालाई पनि बयान लिइसकेपछि सरकारी पक्षलाई प्रतिवेदन बुझाइसकेको छ। यसले शक्ति र पदको दुरुपयोगलाई सार्वजनिक गरेको छ।
पूर्वसभामुख महरा राजनीतिक करियर विद्यार्थी संगठनदेखि पार्टी उपाध्यक्ष, सांसद, मन्त्री, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, सभामुखसम्म भएका थिए ।
उनी माओवादी शान्ति प्रक्रियामा सक्रिय भूमिका खेल्दै आएका छन् र विभिन्न विवादको सामना गर्दै राजनीतिक भूमिकामा रहँदै आएका छन्।

.gif)
.gif)
.gif)



