पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला - 'लक्की ड्र'को ग्राण्ड रिभिल कार्तिक २१ गते

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला - 'लक्की ड्र'को ग्राण्ड रिभिल कार्तिक २१ गते

बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • images
    images
    पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला - 'लक्की ड्र'को ग्राण्ड रिभिल कार्तिक २१ गते

    काठमाडौँ / सिप्रदी अटोपार्ट्स प्रा.लि.ले ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ अभियानअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते (नोभेम्बर ७) मा गर्ने भएको छ। कम्पनीका अनुसार कार्तिक २० गते (नोभेम्बर ६)सम्म यो अफरमा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभहरू लिन सक्नेछन्। 

    विजेताहरूको घोषणा सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणद्वारा सार्वजनिक गरिनेछ। यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि बिभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ।

    प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सिसि मोटरसाइकल राखिएको छ, साथै टिभिएस एनटर्क १२५ सिसि स्कुटर, स्मार्ट टिभी, र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। त्यसैगरी, हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ।

    दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधन प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। 

    अफर कार्तिक २० गतेसम्म मात्र मान्य रहने भएकाले, कम्पनीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ।

    सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूको दीर्घायु सुनिश्चित गर्छन् र गाडीको प्रदर्शनलाई अझ उत्कृष्ट बनाउँछन्। 

    यी पार्ट्सहरू उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले यसलाई विश्वसनीय र भरपर्दो विकल्पको रूपमा अपनाइरहेका छन्।

    नेपालका लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले देशभरका ग्राहकहरूलाई सक्कली पार्ट्स र गुणस्तरीय सेवामार्फत विश्वासको यात्रा निरन्तरता दिइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय