काठमाडौँ / प्रिमियम इलेक्ट्रिक वाहन निर्माताआयोनको लोकप्रिय मोडल आयोन भिले हालै यूरो NCAP टेस्ट २०२५ मा ५-स्टार सेफ्टी रेटिङ हासिल गरेको छ। यो अटोमोबाइल उद्योगमा सुरक्षा र गुणस्तरको उच्चतम मानकको रूपमा मानिन्छ।
विश्वव्यापी रूपमा उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि परिचित आयोन ब्रान्डले एसिया, युरोप र मध्यपूर्वमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ। नेपालमा, सीजी मोटर्सले आधिकारिक विक्रेता को रूपमा नेपाली ग्राहकहरूलाई आयोनभि र आयोन वाइ जस्ता प्रिमियम इलेक्ट्रिक एसयुभि उपलब्ध गराउँदै आएको छ।
आयोनभिमा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता सुविधा समावेश छन्। यी सुविधाहरूले चालकहरूलाई हरेक यात्रामा उच्च स्तरको सुरक्षा, आत्मविश्वास र आराम प्रदान गर्दछ।
सीजी मोटर्स र आयोन नेपालले विस्तारित शोरूम, सर्भिस सेन्टर र ग्राहक सेवा सुविधाहरूको माध्यमबाट स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोनभि को ५-स्टार यूरो NCAP सुरक्षा रेटिङले इलेक्ट्रिक एसयुभि बजारमा आयोनको गुणस्तर र सुरक्षा प्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

.gif)
.gif)
.gif)



