भक्तपुरमा ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर, सर्भिसिङ र चार्जिङ दुवै सुविधा एउटै स्थानमा उपलब्ध हुने

भक्तपुरमा ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर, सर्भिसिङ र चार्जिङ दुवै सुविधा एउटै स्थानमा उपलब्ध हुने

शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • images
    images
    भक्तपुरमा ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर, सर्भिसिङ र चार्जिङ दुवै सुविधा एउटै स्थानमा उपलब्ध हुने

    काठमाडौँ / टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भक्तपुरमा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ का लागि नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

    काठमाडौँ उपत्यकामा ‘एक्सप्रेस-टी’का प्रयोग बढ्दो र ग्राहकको सहजतालाई मध्यनजर गर्दै भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको हो। बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै अब भक्तपुरका ग्राहकले पनि सिधैँ सेवा लिन सक्नेछन्।

    नयाँ सेन्टरमा अत्याधुनिक उपकरणसहित सर्भिस सुविधा उपलब्ध छ भने फास्ट चार्जिङ स्टेशनले चालक र सञ्चालकहरूलाई थप सुविधा प्रदान गर्नेछ। हाल बालकुमारी, गोंगबु र भक्तपुरमा डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन् भने बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू उपलब्ध छन्।

    सिप्रदी ट्रेडिङले देशभर गुणस्तरीय ग्राहक सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ। 

    कम्पनीका अनुसार यस सेन्टरमार्फत सर्भिसिङ र चार्जिङ दुवै सुविधा एउटै स्थानमा उपलब्ध हुने भएकाले ग्राहकले समय, ऊर्जा र खर्चमा बचत गर्न सक्नेछन्।

    ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी आधुनिक प्रविधि, आकर्षक डिजाइन, सुरक्षित संरचना, प्रशस्त आन्तरिक ठाउँ, ठूलो बुट स्पेस, बलियो निर्माण र कम सञ्चालन लागतका कारण अत्यधिक लोकप्रिय छ। यसमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारन्टी उपलब्ध छ।

    भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै टाटा मोटर्स नेपालले आफ्नो ग्राहक सेवा सञ्जाल अझ सुदृढ बनाएको छ र विद्युतीय गतिशीलताको दिगो यात्रामा ग्राहकलाई सहज, भरपर्दो तथा निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय