पहिलो पटक कोरियाली शैक्षिक मेला हुने, अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे सूचना दिइने

पहिलो पटक कोरियाली शैक्षिक मेला हुने, अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे सूचना दिइने

शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • images
    images
    पहिलो पटक कोरियाली शैक्षिक मेला हुने, अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे सूचना दिइने

    काठमाडौँ / नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने भएको छ । आज (शनिबार) काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलन गर्दै नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा)ले यही कात्तिक २२ गते उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गर्न लागेको जनाएको छ । 

    मेलामा कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष सूचना दिइने नेक्साले जानकारी दिएको छ । 

    नेपाली विद्यार्थीका लागि एक आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदो दक्षिण कोरियाली विश्वविद्यालयले अन्तरराष्ट्रिय विद्यार्थीमैत्री वातावरण, आधुनिक शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धान–केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएको सङ्घको भनाइ छ । 

    ती विश्वविद्यालयमा विशेष छात्रवृत्ति र सहुलियतका बारेमा पनि मेलामा जानकारी मिल्ने तथा त्यहाँ अध्ययनसँगै कमाएर स्वदेश फर्कन पनि सहजे हुने सङ्घका अध्यक्ष सन्तोष खनालले बताए । 

    करिब पाँच हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा कोरियाली विश्वविद्यालयहरु डेवोन विश्वविद्यालय, येवेन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालयका डीनहरूसहित करिब ४० शैक्षिक संस्थाका प्रतिनिधि काठमाडौँ आउने सङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय