आइतबारको राशिफल : आजको लागि तपाईँको दिन कति फलदायी रहला ?

आइतबारको राशिफल : आजको लागि तपाईँको दिन कति फलदायी रहला ?

आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • images
    images
    आइतबारको राशिफल : आजको लागि तपाईँको दिन कति फलदायी रहला ?

    आज वि.सं. २०८२ साल कार्तिक १६ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ नोभेम्बर २ तारिख, नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर, दक्षिणायन,  शरद ऋतु, श्रीशाके १९४७, कार्तिक शुक्लपक्ष, द्धादशी तिथी, पूर्वाभाद्रपदा नक्षत्र, आनन्दादिमा–चर योग, चन्द्रराशि–कुम्भ, बिहान ८ बजेर १७ मिनेट उप्रान्त मीन ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    चन्द्रमा खर्च भावमा रहेकाले अनावश्यक खर्च बढ्नेछ र स्वास्थ्यमा समस्या आए उपचार–खर्च बढ्न सक्छ। व्यापारबाट अपेक्षित आम्दानी नहुँदा नगद प्रवाह दबिन सक्छ। तर विदेशी सामानको व्यापार तथा नयाँ लगानीले राहत दिनेछ। कर्जामार्फत आवश्यक रकम जुट्न सक्ने संकेत छ। अवसर खोज्न दौडधुप बढ्नेछ, तर आलस्यले योजना ढिलो बन्ने सम्भावना रहन्छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सवारी–सम्पत्तिबाट लाभ, रोकिएका काम पूरा र सरकारीरपैतृक सम्पत्ति प्राप्तिको योग छ। व्यापार, कृषि, पशुपालन र वित्तीय बजारमा लगानीबाट आम्दानी बढ्नेछ। पहिले गरेका कामबाट फाइदा हातपर्नेछ र नयाँ स्रोत खुल्नेछन्। खर्च भए पनि दिगो योजनामा जग बस्नेछ। नोकरी र पेशामा प्रभाव बढ्दै उठ्नुपर्ने रकम आउन सक्छ, आफन्तको सहयोग पनि मिल्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    उच्च व्यक्तिसँग सम्बन्ध सुदृढ हुँदै अवसर र प्रतिष्ठा बढ्नेछ। योग्यताको मूल्यांकनसँगै करिअरमा प्रगति हुने र प्रभावशाली नेटवर्कबाट फाइदा मिल्नेछ। निर्णय क्षमता र बुद्धिको प्रयोगले परिणाममुखी काम बन्नेछ। प्रतिस्पर्धा जित्ने क्षमता बढ्नेछ। भौतिक स्रोत जुट्दै भविष्यमा दिगो फाइदा दिने योजना अघि बढ्नेछ, तर वचन पालनमा ढिलाइ भए आलोचना सहनुपर्ला।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    समाजसेवा र आध्यात्मिक गतिविधिसँगै व्यापारमा लगानी विस्तार गर्ने अनुकूल समय छ। आम्दानीका स्रोत बढ्नेछ र नयाँ कामका प्रस्तावबाट लाभ पाइन सक्छ। जिम्मेवारी बढ्नेछ, तर श्रमअनुसार मूल्यांकन ढिलो हुन सक्छ। पारिवारिक खर्च केही बढे पनि दीर्घकालीन नाफा दिने योजनामा सफल हुने सम्भावना छ। सहयोगी र नेटवर्कको साथले आर्थिक प्रगति सहज बन्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    स्वास्थ्य र मानसिक तनावले उत्पादक क्षमता घटाउँदै दैनिकी प्रभावित गराउन सक्छ, जसले आयमा दबाब पर्छ। गलत निर्णयले व्यापारमा घाटा र सम्पत्ति जोखिममा पर्न सक्छ, त्यसैले ठोस योजना आवश्यक छ। चुनौतीबीच पनि निरन्तर प्रयासले आंशिक लाभ मिल्नेछ र रोकिएका काम अघि बढ्ने संकेत छन्। प्रतिस्पर्धीलाई समेटेर सावधानीपूर्वक लगानी गर्दा आर्थिक जोखिम नियन्त्रणमा रहनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    अध्ययन र सिर्जनशील कामबाट प्रतिष्ठा बढ्नेछ र सेवामूलक क्षेत्र तथा शेयर–व्यापारमा नफाको अवसर देखिन्छ। सरकारी–प्रणालीसँगको जोडबाट पद वा जिम्मेवारी पाउने संकेत छ। पुराना लगानीबाट फाइदा र दाम्पत्यरसहयोगीको साथले निर्णय दृढ हुनेछन्। अवसरलाई अधिकारजस्तो नठानी सूझबूझले अगाडि बढे स्थायी कमाइ, सामाजिक सम्मान र नेटवर्क विस्तार सम्भव छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापारमा राम्रो आम्दानीको योग छ र पुराना प्रयासले प्रतिष्ठा बढाउनेछन्। प्रतिस्पर्धा जित्ने क्षमता मजबुत रहनेछ भने कानुनीरनियामकीय पक्षमा अनुकूलता मिल्न सक्छ। नगद प्रवाह सकारात्मक भए पनि हिसाब–किताब र ऋण–जोखिममा सचेत रहनुपर्छ। यात्रा र नयाँ अवसरले दीर्घकालीन लाभ दिन सक्छन्। अनावश्यक खर्च नियन्त्रण गर्दै योजनाबद्ध लगानी गरिएमा स्थायी आर्थिक आधार बलियो बन्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार–व्यवसायमा लगानीको प्रतिफल राम्रो रहनेछ र नगद प्रवाह मजबुत बन्नेछ। पढाइ तथा सीप विकासले भविष्यका आम्दानीका अवसर बढाउनेछ। सहयोगी र नेटवर्कको साथले नयाँ प्रोजेक्ट सफल हुन सक्छन्। आकस्मिक धन प्राप्तिको सम्भावना छ। तर आश्वासनमा भर नपरी सचेत रूपमा निर्णय गर्नुपर्छ। कृषिरपशुपालन हुँदै अन्य क्षेत्रमा पनि स्थिर नाफा पाइनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    प्रेम र पारिवारिक असहयोगका बीच आर्थिक पक्षमा धैर्य आवश्यक रहनेछ। लगानीबाट तुरुन्त लाभ नआए पनि निरन्तरता र सही रणनीतिले प्रगति सम्भव छ। हतारमा निर्णय नलिएर प्रक्रिया स्पष्ट बनाए काम अघि बढ्नेछ। योजनाहरू गोप्य राख्नु राम्रो रहनेछ। राजनीतिकरसामाजिक सम्पर्कले अवसर खुल्न सक्छ। दिगो मिहिनेत र दोहोरिएको प्रयासले अन्ततः आर्थिक परिणाम दिन्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समाजमा साख फिर्ता हुने र वर्चस्व बढ्नेछ। समयको सदुपयोगले दिगो फाइदा हुने काम सुरु गर्न सकिन्छ भने दाजुभाइ तथा आफन्तको सहयोगले मन प्रसन्न हुनेछ। स्वास्थ्य सबल रहनेछ र शिक्षा तथा प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। व्यापारमा लगनशीलतासँग प्रयास गर्दा लाभ उठ्नेछ। अवसर र व्यवधानको बीचमा निरन्तर कर्मयोगले अपेक्षित परिणाम दिनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    सहयोग र साझेदारीले प्रतिष्ठित काम र व्यवसायिक प्रगति दिनेछ। बोली र अभिव्यक्तिले आम्दानीका स्रोत बढाउन मद्दत पुर्याउनेछ। कुटुम्बसँग मिलेर व्यवसाय फस्टाउने सम्भावना छ भने गीत, सङ्गीत र मोडलिङबाट पनि लाभ हुने देखिन्छ। अध्ययनशील र लगनशील रहँदा विद्या र धन आर्जन सम्भव छ। नयाँ प्रस्ताव र अवसरले दिगो नाफा र सम्मान दिलाउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रविधि र रचनात्मकताबाट आर्थिक लाभ सम्भव छ। व्यापार र शेयर लगानीले नाफा दिन सक्छ। पढाइ–लेखनमा सफलता र पहिलेका कामबाट उपलब्धि मिल्नेछ। समाजसेवा तथा राजनीति मार्फत पद र प्रतिष्ठा बढ्ने अवसर छ। विपरीत परिस्थितिलाई अनुकूल बनाउँदै सहयोगी र शुभचिन्तकको साथले नयाँ काम र प्रस्ताव सफल हुनेछन्। कठोर निर्णय र प्रयासले लक्ष्य प्राप्ति सुनिश्चित हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय