सोमबारको राशिफल : आज तपाईँलाई कुन क्षेत्रमा कति सफलता मिल्नेछ ?

सोमबारको राशिफल : आज तपाईँलाई कुन क्षेत्रमा कति सफलता मिल्नेछ ?

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • images
    images
    सोमबारको राशिफल : आज तपाईँलाई कुन क्षेत्रमा कति सफलता मिल्नेछ ?

    आज वि.सं. २०८२ साल कार्तिक १७ गते, सोमबार तदनुसार इस्वी सन् २०२५ नोभेम्बर ३ तारिख, नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर, दक्षिणायनं, शरद ऋतु, श्रीशाके १९४७, कार्तिक शुक्लपक्ष, त्रयोदशी तिथी, उत्तरभाद्रपदा नक्षत्र, आनन्दादिमा–गद योग, चन्द्रराशि–मीन ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रशासनिक प्रक्रियामा ढिलाइ र अवसर गुम्ने सम्भावना भएकाले आर्थिक निर्णय सचेतपूर्वक लिनुपर्छ। फजुल खर्च बढ्ने भएकाले बचत र खर्च नियन्त्रणमा जोड दिनुहोस्। व्यवसायमा थप लगानीको आवश्यकता परे पनि दीर्घकालीन फाइदा प्राप्त हुनेछ। आवश्यक परेको अवस्थामा कर्जा वा सरसापटबाट पूँजी जुटाउन सकिनेछ। वैदेशिक रोजगारीतर्फ अवसर बलियो रहेकाले तयारीसहित अघि बढ्दा लाभदायक रहनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आर्थिक पक्ष आज अनुकूल देखिन्छ। व्यापार, सहकारी तथा पशुपालनबाट राम्रै लाभ मिल्ने सम्भावना छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय रहेकाले पूँजी विस्तार र आयका स्रोत बढाउन सहयोगी वातावरण सिर्जना हुनेछ। पारिवारिक साथ र श्रमको मूल्य पाएर मनग्य आम्दानी हुने संकेत छन्। तर अवसरवादीहरूबाट सावधान रहँदै सम्पन्न योजनाहरूलाई दिगो बनाउनेतर्फ ध्यान दिनुहोला।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    नोकरीमा बढुवा वा राम्रो स्थानान्तरणले आय र स्थायित्व बढाउनेछ। पैतृक सम्पत्ति तथा परिवारको सहयोगबाट पूँजी बलियो हुनेछ। भौतिक सम्पत्ति जुटाउने अवसर छ र दिगो लगानीको आधार तयार हुनेछ। व्यापार तथा जागिरबाट प्रत्यक्ष लाभ मिल्नेछ, तर मौसम प्रतिकूल हुँदा कृषि–पशुपालनतर्फ सावधान रहनुपर्छ। मेहनतले प्रतिष्ठा र आम्दानी दुबै बढ्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परोपकारी गतिविधि र शैक्षिक–धार्मिक यात्राबाट मान–प्रतिष्ठा बढ्नेछ। व्यापार वा शेयर बजारमा गरिएको लगानी दीर्घकालीन नाफामुखी रहनेछ। अनुसन्धान तथा पेशागत क्षेत्रमा राम्रो प्रगति भई अवसर विस्तार हुनेछ। विशिष्ट व्यक्तिसँग नजिकिनाले सम्भावित साझेदारीको बाटो खुल्नेछ। लोकप्रियता र सामाजिक सक्रियतासँगै श्रमको प्रतिफल भविष्यमा ठोस आर्थिक लाभका रूपमा प्राप्त हुने संकेत छन्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज आर्थिक रूपमा सचेत रहनुपर्ने समय छ। व्यापारमा ध्यान नदिँदा घाटा र रोकावट आउने संकेत छन्। स्वास्थ्य समस्या तथा आकस्मिक खर्चले बजेटमा दबाब पर्न सक्छ, फजुल खर्च नियन्त्रण गर्नुहोस्। अवसर आए पनि परिस्थितिका कारण लाभ लिन कठिन पर्न सक्छ। गोपनीयता चुहिन नदिनु र एक काम सकेर अर्को सुरू गर्नु महत्वपूर्ण छ। शुभचिन्तकमाथि भरोसा राख्दा दीर्घकालीन फाइदा मिल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापारिक यात्राबाट नयाँ अवसर देखिनेछ र लगानीले लाभदायक परिणाम दिनेछ। प्रविधि र नवप्रयोगमार्फत आय बढाउने मौका छ साथै वित्तीय क्षेत्रबाट पनि मुनाफा सम्भव छ। भौतिक साधन तथा स्रोत जुट्नेछन्, सहयोगी साथी–भाइको साथले आम्दानीका प्रोजेक्ट अघि बढ्नेछन्। मनोरञ्जन र सामाजिक सक्रियतासँगै दिगो आम्दानीको आधार बलियो बन्ने संकेत छन्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यवसायमा राम्रो आम्दानी हुने र पुराना कारोबार समाधान हुँदै नगद प्रवाह मजबुत बन्नेछ। प्रतिस्पर्धी वा शत्रुहरूको चुनौती परास्त गर्दै लक्ष्यतर्फ अघि बढ्न सकिनेछ। कानुनी पक्षमा अनुकूल नतिजाले आत्मविश्वास बढाउनेछ। पारिवारिक तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। रोकिएका काम बन्ने र मिहिनेतको बलमा प्रतिस्पर्धा जित्दै आर्थिक फाइदा तथा भौतिक स्रोत विस्तार गर्ने अवसर मिल्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार तथा शेयर लगानीबाट नाफा कमाउने अवसर बलियो देखिन्छ। शिक्षा क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन आम्दानी र प्रतिष्ठा बढाउनेछ। आकस्मिक धन–सम्पत्ति प्राप्तिको योग छ, शुभचिन्तकको साथले काम सहज बनेको अनुभूति हुनेछ। बौद्धिक परिश्रमको कदर हुनेछ र पेशागत क्षेत्रमा अधिकारीको सहयोगले इच्छित लक्ष्य पूरा भई भविष्यका आयस्रोत अझ बलियो बन्नेछन्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापारमा नाफा सीमित रहन सक्छ, तर शेयर तथा वित्तीय क्षेत्रबाट सानो आम्दानी हुनेछ। आलोचना बीच पनि काममा निरन्तरता राखेमा बिस्तारै लाभ बढ्नेछ। पुराना कमजोरी सुधार्ने अवसर मिल्नेछ, कृषि तथा पशुपालनबाट सहयोगी आय प्राप्त हुन सक्छ। स्वास्थ्य र सम्बन्धमा सतर्क रहँदै दीर्घकालीन योजना अनुसार अघि बढ्नु उपयुक्त रहनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    उद्योग–व्यापारमा विशेष फाइदा मिल्नेछ र लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएका काम बन्ने र नयाँ परियोजना सुरु गर्ने अवसर छ। सहयोगी र आफन्तको साथले कठिन काम सजिलै पूरा हुनेछ। पुरुषार्थ र धैर्यले समाजमा प्रतिष्ठा र आय दुबै बढाउनेछ। प्रतिस्पर्धीहरूलाई परास्त गर्दै दीर्घकालीन लाभ सुनिश्चित हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार र शेयर बजारमा लगानीले राम्रो नाफा दिनेछ। रोकिएका काम सम्पन्न हुने र नयाँ परियोजना सुरु गर्ने अवसर छ। सहयोगी र ठूला व्यक्तिको समर्थनले व्यापार तथा पेशागत काममा फाइदा मिल्नेछ। सानो प्रयासबाट चल–अचल सम्पत्ति लाभ सम्भव छ। अध्ययन र बौद्धिक गतिविधिले प्रतिष्ठा बढाउनेछ भने पारिवारिक सद्भाव र व्यक्तिगत मनोबल पनि बलियो रहनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मेहनत र जुझारु कार्यशैलीले व्यवसाय फस्टाउनेछ र आम्दानीमा वृद्धि हुनेछ। रोकिएका काम सम्पन्न हुने र नयाँ लगानीका अवसर खुल्नेछन्। सामाजिक तथा पेशागत क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। सानो प्रयासले दीर्घकालीन लाभ र सम्मान दिलाउनेछ। प्रेम, पारिवारिक सम्बन्ध र भेटघाटले सकारात्मक ऊर्जा दिनेछ भने भविष्यका योजनाका लागि आधार तयार हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय