सारथी विद्युतीय स्कुटरमा विन्टर अफर, कति छुट पाउन सकिन्छ ?

सारथी विद्युतीय स्कुटरमा विन्टर अफर, कति छुट पाउन सकिन्छ ?

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • images
    images
    सारथी विद्युतीय स्कुटरमा विन्टर अफर, कति छुट पाउन सकिन्छ ?

     काठमाडौँ / नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको सारथी ब्राण्डको विद्युतीय स्कुटरले यो चिसो मौसमलाई अझ उत्साहपूर्ण बनाउन ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । 

    अब ग्राहकहरूले सारथीका विभिन्न मोडेलका स्कुटर खरिदमा अधिकतम १७ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएको कम्पनीका जनाएको छ ।

    नेपाली बजारमा यसको मूल्य रु २ लाख १६ हजार भएतापनि यो अफर अन्तर्गत अब जम्मा रु १ लाख ९९ हजारमा यो सारथीको इकुटर इ३ भन्ने मोडेलको स्कुटर खरिद गर्न पाइनेछ ।

    वातावरणीय अनुकुलता र स्वदेशी उर्जाको उपयोगमा आधारित सारथी इकुटर ब्रान्डले नेपाली ग्राहकको बजेट, यात्रा आवश्यकताहरू र वातावरणीय जिम्मेवारीलाई ध्यानमा राख्दै स्कुटरहरू निर्माण गर्दै आएको छ । अबको यो अफरले मूल्यमा राहत मात्र होइन, विद्युतीय सवारीप्रतिको आकर्षणलाई पनि थप बढाउने कम्पनीले विश्वास लिएको छ ।

    कम्पनीका मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, “यो अफरले ग्राहकलाई विद्युतीय सवारी रोज्न थप प्रोत्साहन दिनेछ । हाम्रो उद्देश्य किफायती मूल्यमा आधुनिक, भरपर्दो र वातावरणमैत्री मोबिलिटी समाधान प्रदान गर्नु हो ।”
    सारथीका स्कुटरहरूमा उच्च गुणस्तरका ग्राफिन तथा लिथियम ब्याट्री, स्मार्ट डिस्प्ले, रेजेनेरेटिभ ब्रेकिङ प्रणाली र आधुनिक डिजाइन उपलब्ध छन् । 

    यसमा १२ इन्चका ठुला ठुला टायर, डबल डिस्क ब्रेक, ३५ लिटरको बुट स्पेस लगायतका कारण यसले शहरभित्रको दैनिक यात्रा सहज बनाउँछ । साथै, पेट्रोलको बढ्दो मूल्य र प्रदूषणको समस्याबीच यो स्कुटर वातावरणमैत्री विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

    विन्टर अफर अन्तर्गत ग्राहकहरूले नगद छुटसँगै विशेष फाइनान्स सुविधा समेत पाउनेछन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सजिलो किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने व्यवस्था गरेको छ । साथै, प्रत्येक खरिदकर्तालाई एक वर्षको निःशुल्क सर्भिसिङ र विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी पनि प्रदान गरिने बताइएको छ ।

    नेपालभरका सारथी शो–रूम तथा अधिकृत विक्रेताबाट यो अफर प्राप्त गर्न सकिनेछ । यो अवसर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई छिटो निर्णय गर्न कम्पनीले आग्रह गरेको छ ।
    पर्यावरणमैत्री, स्टाइलिश र किफायती यात्रा चाहनेका लागि यो विन्टर अफर सारथी स्कुटरसँग आफ्नो नयाँ यात्रा सुरु गर्ने उत्कृष्ट मौका हुनसक्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय