सेयर बजार परिसूचक नेप्से ८.२४ अङ्कले घट्यो, ६ अर्ब ५ करोडको मात्र कारोबार

सेयर बजार परिसूचक नेप्से ८.२४ अङ्कले घट्यो, ६ अर्ब ५ करोडको मात्र कारोबार

७२ कम्पनीको सेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • images
    images
    सेयर बजार परिसूचक नेप्से ८.२४ अङ्कले घट्यो, ६ अर्ब ५ करोडको मात्र कारोबार

    काठमाडौँ / दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ । आइतबार ३०.७५ अङ्कले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अङ्कले घटेर २६२२.९० बिन्दुमा झरेको हो । गत साता करिब ९६.५३ अङ्कले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकालोमै भए पनि दोस्रो दिनमा भने कमीकै सङ्केत देखिएको छ । 

    यसदिन ७२ कम्पनीको सेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा निकै कम हो । सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

    यसैदिन, सेन्सेटिभ इन्डेक्स ०.८३ अङ्क, फ्लोट इन्डेक्स ०.५६ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अङ्कले घटेका छन् । उपसमूह सूचकाङ्कमा पनि मिश्रित प्रभाव देखिएको छ । १३ मध्ये ६ उपसमूहको सूचकाङ्क बढेको छ भने ७ उपसमूह घटेका छन् । व्यापार उपसमूह ०.९३ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रहँदा जलविद्युत र जीवन बीमा उपसमूह १.०५ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित बने । यस दिन मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । 

    त्यस्तै, ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत र एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । उता, कारोबारमा समावेश इष्टर्न हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ ।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स ३७ करोड ६८ लाख रुपैयाँसहित शीर्षमा रह्यो भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट करिब ३४ करोड रुपैयाँ र राधी विद्युत कम्पनी साढे २४ करोड रुपैयाँभन्दा बढी कारोबार रकमसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । समग्रमा, बजार पछिल्लो उकासोपछिको स्वाभाविक सुधार चरणमा प्रवेश गरेको विश्लेषण गरिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय