आज वि.सं.२०८२ साल कार्तिक १८ गते, मंगलबार तदनुसार ईश्वी सन् २०२५ नोभेम्बर ४ तारिख, नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर, दक्षिणायन, शरद ऋतु, श्रीशाके १९४७, कार्तिक शुक्लपक्ष, चतुर्दशी तिथी, बेलुकी ९ः३३ बजेपछि पूर्णिमा, रेवती नक्षत्र, आनन्दादिमा–शुभ योग, चन्द्रराशि–मीन, बिहान ११ः५२ बजेपछि मेष।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्षमा आजको दिन मिश्रित रहनेछ। बिहान अनावश्यक खर्च बढ्न सक्छ र न्यून आम्दानीले दबाब महसुस हुन सक्छ। तर मध्यान्हपछि परिस्थिति सुधारिँदै दिगो फाइदा दिने अवसर मिल्नेछ। लगानी गर्दा सोचविचार गर्नुपर्छ, तर सही निर्णयले भविष्यमै लाभ दिनेछ। महत्वपूर्ण कामहरू पूरा भएर मानसम्मान र आर्थिक आत्मविश्वास बढ्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय अनुकूल रहेकाले आम्दानी स्थिर र खर्च सीमित रहनेछ, बचतमा वृद्धि हुनेछ। स्वास्थ्य, खाद्यान्न र विदेशी सामानको व्यापारमा राम्रो लाभ आउनेछ। नयाँ आम्दानी स्रोत फेला पर्न सक्छन् र दिगो लगानीको अवसर मिल्नेछ। ऋणमोचनको सम्भावना भए पनि मध्याह्नपछि आकस्मिक खर्च बढ्न सक्छ। प्रयास र सहयोगबाट आर्थिक प्रगति सुनिश्चित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय अनुकूल रहेकाले पैतृक तथा प्राकृतिक स्रोत साधनको सदुपयोगबाट आम्दानी बढ्नेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारमा मनग्गे लाभ मिल्नेछ। रोकिएको काम बन्ने र नयाँ व्यापारिक योजना अघि बढ्नेछ। साथीभाइको सहयोगले आम्दानीका नयाँ स्रोत खुल्नेछन्। तर गोप्य कुरा चुहिने तथा आकस्मिक खर्चको सम्भावना रहेकाले वित्तीय सतर्कता आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार, शेयर बजार र उद्योगमा लगानीअनुसार आम्दानी हुने सम्भावना छ। पुराना वित्तीय विवाद समाधान हुँदै स्थायित्व बढ्नेछ। नयाँ रोजगारी वा पदोन्नतिबाट आय वृद्धि हुन सक्छ। व्यावसायिक प्रतिष्ठा र सामाजिक विश्वास मजबुत बन्दै जानेछ। मध्याह्नपछि सहयोगी हात जुट्ने र दिगो अवसर फेला पर्नेछन्। तर अनावश्यक काम र थकानले उत्पादकता घट्न सक्ने भएकाले ध्यान आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिहान स्वास्थ्य र ऊर्जा कमजोर रहे पनि मध्याह्नपछि आर्थिक गतिविधि सक्रिय हुनेछन्। आफन्त र वरिष्ठको सहयोगले परिणाममुखी काम अघि बढ्नेछ। कृषि–पशुपालन तथा स्थानीय उत्पादनमा लाभ बढ्ने संकेत छन्। नयाँ रोजगारी वा सुविधा हुने स्थानमा सरुवा हुने सम्भावना छ। चुनौतीबीच पनि योजना कार्यान्वयन हुँदै आयस्रोत विस्तार र धनलाभका अवसर जुट्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने योग छ। आफन्त र अग्रजबाट आर्थिक सहयोग मिल्नेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानीबाट नाफा आउनेछ। दिइएको ऋण फिर्ता पाउने सम्भावना छ। बिहानको समय लाभदायक रहँदै आयस्रोत विस्तार र भौतिक सुविधाहरू जुट्नेछन्। तर मध्याह्नपछि स्वास्थ्य खर्च र सानातिना बाधाले केही आर्थिक दबाब बढ्न सक्छ, सतर्कता आवश्यक छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त र प्रियजनसँगको भेटघाटले सकारात्मक ऊर्जा प्राप्त हुनेछ। व्यापार, उद्योग र वित्तीय बजारमा लगानीले राम्रो आम्दानी दिलाउनेछ। आफ्नो मेहनत र योजना कार्यान्वयनले जीवनस्तरमा उल्लेख्य सुधार आउनेछ। सहकारी वा वित्तीय संस्थाबाट लाभ उठाउन सकिनेछ। अधिकार र प्रतिष्ठा मजबुत हुँदै दिगो फाइदा दिने काम सुरु हुनेछ। मध्याह्नपछि सहयोग र अवसर बढ्दै आर्थिक लाभ सुनिश्चित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तानको प्रगतिले उत्साह बढ्नेछ र पारिवारिक सुखसमृद्धि मजबुत हुनेछ। पढाइ र करियर प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्ने मौका छ। ऋणमुक्ति र पुराना स्वास्थ्य समस्याबाट राहत पाइनेछ। अफिसियल यात्राले नयाँ अवसर दिलाउनेछ। बिहानको समय अनुकूल रहेकाले योजना अघि बढाउन सहयोगी हुनेछ। मध्याह्नपछि दिगो काम सुरु भई स्थिर आम्दानीको आधार मजबूत बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिहान स्वास्थ्य कमजोर रहन र प्रतिस्पर्धीको अवरोधका कारण प्रगति सुस्त देखिए पनि मध्याह्नपछि अवस्था अनुकूल बन्छ। व्यवसायमा लगानी बढाएर राम्रो मुनाफा लिन सकिनेछ। अध्ययन र प्रतिस्पर्धामा प्रतिद्वन्द्वीलाई पछि पार्दै सकारात्मक नतिजा पाइनेछ। पहिल्यै प्राप्त सफलताले हौसला मिल्नेछ। बुद्धिकौशल र रचनात्मकताबाट प्रतिष्ठा जोगिँदै बिलासी उपहारसहित आर्थिक लाभ प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनुकूल रहेकाले कृषि–पशुपालन र घरजग्गाको कारोबारबाट आम्दानी बढ्नेछ। अग्रज र परिवारको सहयोगले उत्पादनमूलक काम अघि बढ्नेछ। छोटो दुरीको धार्मिक वा मनोरञ्जन यात्रा सम्भावित छ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी प्राप्त हुने र प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ। प्रारम्भिक चुनौतीबीच पनि मेहनत र सुझबुझले भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मध्याह्नपछि सन्तुलित व्यवहार आवश्यक छ, नभए प्रयास खेर जान सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
न्यायिक निर्णय र प्रतिस्पर्धामा सफलता हासिल हुने समय छ। पढाइ, खेलकुद तथा उद्योग, शेयर बजार र व्यापारमा लगानीले मनग्य लाभ दिनेछ। जीवन साथीको सहयोगले व्यवसाय र व्यक्तिगत काममा सकारात्मक परिणाम ल्याउनेछ। बुद्धि र मेहनतले अधिकार र प्रतिष्ठा जोगाउनेछ। मध्याह्नपछि साथीभाइको सहयोगले दिगो योजना अघि बढ्नेछ। भौतिक साधन जुटेर व्यापार र आम्दानीमा स्थायित्व आउने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार र नयाँ शेयर बजारमा लगानीबाट मनग्य धन आर्जन हुने समय छ। सापटी लगिएका धन फिर्ता हुने सम्भावना छ। अध्ययन र सिर्जनात्मक क्षेत्रमा मेहनतले राम्रो नतिजा ल्याउनेछ। गीत, सङ्गीत वा मोडलिङ व्यवसायमा समय खर्चिनु फलदायी हुनेछ। परिवारसँग रमाइलो अवसर जुट्नेछ। तार्किक क्षमता, हिम्मत र बोलीको प्रभावले मानसम्मान र दिगो फाइदा दिलाउनेछ।

.gif)
.gif)
.gif)



