बाँके / एनआईसी एशिया लघुवित्तले कार्तिक १२-१४ गतेसम्म प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १२१ प्रतिनिधिहरू सहभागी थिए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट काम गर्ने कर्मचारीको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गरे।
नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र अन्य विभागीय प्रमुखहरूले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता र पूर्ण प्रतिबद्धताको महत्वबारे जानकारी दिएका थिए।
गोष्ठीमा पहिलो त्रैमासमा हासिल उपलब्धि, देखिएका चुनौती र सुधारका सम्भावित क्षेत्रबारे समीक्षा गरिएको थियो।
साथै दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना, सेवा विस्तार र गुणस्तर अभिवृद्धिका रणनीतिमा गहन छलफल गरिएको संस्थाले जनाएको छ।
संस्थाले गोष्ठीले कर्मचारीहरूलाई थप प्रेरणा र प्रतिबद्धताका साथ काम गर्न उत्प्रेरित गर्ने तथा शाखा सञ्चालन सुधार र सेवा गुणस्तर वृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

.gif)
.gif)
.gif)



