सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ISO/IEC 27001 : 2022 प्रमाणपत्र नवीकरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ISO/IEC 27001 : 2022 प्रमाणपत्र नवीकरण

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ISO/IEC 27001 : 2022 प्रमाणपत्र नवीकरण

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service)  बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । 

    कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सूचनाहरूको सुरक्षा प्रणालीहरुको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ । 

    कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ISO/IEC 27001 : 2022  सम्परीक्षण नवीकरण गरेको हो । 

    नेपालको बीमा ब्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड ISO/IEC 27001 : 2022 प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । 

    ISO/IEC 27001: 2022 को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रूपमा यसको पालना र अभ्यासहरूबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय