काठमाडौँ / विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिजको मोडल भिभो वाई ४०० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। स्टाइल, मनोरञ्जन, टिकाउपन र स्मार्ट प्रदर्शन चाहने प्रयोगकर्ताका लागि तयार गरिएको यो फोनले फ्ल्यागशिप स्तरको अनुभव सुलभ मूल्यमा उपलब्ध गराउँछ।
६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले, डुअल स्टेरियो स्पिकर, ५० एमपी सोनी मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा र एआई फोटोग्राफी सुविधासहित, भिभो वाई ४००ले उत्कृष्ट दैनिक प्रयोग र मनोरञ्जन अनुभव प्रदान गर्दछ। यसमा आईपी ६८र६९ डस्ट एन्ड वाटर रेसिस्ट्यान्स, वेट–ह्याण्ड टच, एयर स्प्रीङ टेक्नोलोजी ड्रप रेजिस्टेन्ट केस, ६००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी रहेका छन्।
स्न्यापड्रैगन ६८५ प्रोसेसर, २५६ जीबी स्टोरेज र ८ जीबी एक्सटेन्डेड र्यामले स्मूथ मल्टिटास्किङ अनुभव सुनिश्चित गर्छ। साथै एआई नोट्स, रेकर्डर, डकुमेन्ट्स, स्क्रिन ट्रान्सलेसन र लिंक टु विन्डोज जस्ता सुविधाले दैनिक कामलाई अझ सहज बनाउँछन्।
भिभो वाई ४०० भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा रु. ३६ हजार९९९ मा उपलब्ध छ।

.gif)
.gif)
.gif)



