काठमाडौँ / माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो ।
कम्पनीको पहिलो सेयर कारोबारका लागि नेप्सेले न्यूनतम् प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेञ्ज तोकेको थियो ।
मंगलबार स्पेशल प्रि-ओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता सेयर कारोबार भएको छ । एमएबिइएल स्टक सङकेतबाट सेयर कारोबार सुरु भएको हो ।
माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीका अनुसार यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ र हाल आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

.gif)
.gif)
.gif)



