खेलाडीलाई व्यावसायिक बनाउन आवश्य छ : मुख्यमन्त्री बानियाँ

खेलाडीलाई व्यावसायिक बनाउन आवश्य छ : मुख्यमन्त्री बानियाँ

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    खेलाडीलाई व्यावसायिक बनाउन आवश्य छ : मुख्यमन्त्री बानियाँ

    चितवन / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् ।       

    जिल्ला खेलकुद विकास समितिले आजदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्वसको उद्घाटन गर्दै उनले खेलाडीहरूलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 
     
    महोत्सवलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकास गर्न सके राज्यको विकास गर्न सहयोग पुग्ने बताए। खेललाई पर्यटनसँग जोडेर अघि बढाउन सकेमा मात्र देशको अर्थतन्त्र चलायमान बन्ने उनको भनाइ थियो । खेलाडी उत्पादन गरेर अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउन र विजयी बनाउन यस्ता महोत्सवहरु आवश्यक रहेको उनको धारणा थियो । 
     
    कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू उत्तम जोशी, मायाँ श्रेष्ठ, गीता गुरुङ, बागमती प्रदेशको खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीलगायतले खेल क्षेत्रको विकासमा सबै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । तीनै तहका सरकार लागेमा मात्र खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च हुने उनीहरूको भनाइ थियो ।
     
    आजदेखि सुरू भएको महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिभर विभिन्न खेल विधाका ८०० खेलाडीले आफ्नो कला देखाउनेछन् । यसै क्रममा बिच भलिबल, कराते, तेक्वान्दो, कवड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, बुद्धिचाललगायतका प्रतियोगिताहरू हुने आयोजकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय