‘रिच ड्याड पोर ड्याड’को नेपाली अनुवाद प्रकाशन गर्न कथालय इन्क र रिच ड्याड कम्पनीबीच सम्झौता

‘रिच ड्याड पोर ड्याड’को नेपाली अनुवाद प्रकाशन गर्न कथालय इन्क र रिच ड्याड कम्पनीबीच सम्झौता

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    ‘रिच ड्याड पोर ड्याड’को नेपाली अनुवाद प्रकाशन गर्न कथालय इन्क र रिच ड्याड कम्पनीबीच सम्झौता

    काठमाडौँ / अन्तर्राष्ट्रिय चर्चित पुस्तक ‘रिच ड्याड पोर ड्याड’ अब नेपाली भाषामा आधिकारिक रूपमा उपलब्ध हुने भएको छ। उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्वारा लिखित यस पुस्तकको नेपाली अनुवाद तथा प्रकाशनका लागि कथालय इन्क. प्रा.लि., नेपालले रिच ड्याड अप्रेटिङ कम्पनी, एलएलसी, अरिजोना, अमेरिकासँग सम्झौता सम्पन्न गरेको छ।

    सम्झौतामा किम कियोसाकी (कार्यकारी अधिकृत, रिच ड्याड कम्पनी) र राजीव धर जोशी (सहसंस्थापक तथा निर्देशक, कथालय इन्क)ले सेप्टेम्बर ३०, २०२५ मा हस्ताक्षर गरेका थिए। यस सम्झौता पश्चात कथालयले आधिकारिक रूपमा रोयल्टी भुक्तानी गरिसकेको छ।

    पुस्तकको नेपाली अनुवादको शीर्षक ‘धनी बुबा गरिब बुबा’ रहनेछ र पुस मसान्तभित्र बजारमा उपलब्ध हुने लक्ष्य राखिएको छ।

    सन् १९९७ मा पहिलोपटक प्रकाशित यस पुस्तकले विश्वभर ४ करोडभन्दा बढी प्रतिहरू बिक्री भएको छ र ५१ भन्दा बढी भाषामा अनुवाद भइसकेको छ। न्यूयोर्क टाइम्स बेस्ट–सेलर सूचीमा लगातार ६ वर्षभन्दा बढी समयसम्म स्थान ओगटेको यस पुस्तकले करोडौँ पाठकको वित्तीय सोच, लगानी शैली र आर्थिक स्वतन्त्रताको दृष्टिकोणमा आमूल परिवर्तन ल्याएको छ।

    पुस्तकमा कियोसाकीले दुई बुबा पात्रहरूको दृष्टान्त मार्फत वित्तीय शिक्षा, लगानीको समझ र उद्यमशील सोचमार्फत दीर्घकालीन आर्थिक स्वतन्त्रता प्राप्त गर्ने तरिका प्रस्तुत गरेका छन्। उनका चर्चित उद्धरण अनुसार, “पैसाका लागि काम नगर्नुहोस् - पैसालाई तपाईंका लागि काम गर्न सिकाउनुहोस्।”

    रोबर्ट टी. कियोसाकी एक सफल उद्यमी, शिक्षक र लगानीकर्ता हुन्। उनले व्यक्तिगत वित्तीय शिक्षा र लगानी सम्बन्धी २० भन्दा बढी पुस्तकहरू लेखिसकेका छन्। रिच ड्याड पोर ड्याड उनका सबैभन्दा लोकप्रिय पुस्तकमध्ये एक हो।

    कथालय इन्क प्रा.लि. १८ वर्षदेखि निरन्तर पुस्तक प्रकाशनमा लागिरहेको संस्था हो। यसको ‘वी रिड’ ब्रान्डले नेपाली साहित्य र अन्तर्राष्ट्रिय पुस्तकहरूलाई नेपाली बजारमा ल्याउँदै आएको छ। यस ब्रान्डबाट हालसम्म ५० भन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय