सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवाद वित्तीयकरण निवारणसम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवाद वित्तीयकरण निवारणसम्बन्धी तालिम सम्पन्न

मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • images
    images
    सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवाद वित्तीयकरण निवारणसम्बन्धी तालिम सम्पन्न

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतं‌कवादी गतिविधिमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दोस्रो चरणको तालिम सम्पन्न गरेको छ। 

    चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत आयोजना गरिएको तालिमको पहिलो चरण कोशी प्रदेशमा सम्पन्न भइसकेको र दोस्रो चरण लुम्बिनी प्रदेशमा गरिएको कम्पनीले जनाएको छ।

    कार्तिक १४ गते भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न तालिममा देशभरका विभिन्न शाखाबाट आएका अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारी गरी २२५ जना सहभागी भएका थिए। तालिम कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठकले सञ्चालन गरेका थिए । 

    कार्यक्रममा (AML/CFT) सम्बन्धी कानूनी प्रावधान, बीमा क्षेत्रमा यसको प्रभाव, अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायबारे विस्तृत जानकारी गराइएको थियो। 

    साथै, गैरकानुनी आम्दानी तथा आतंककारी गतिविधिबाट सङ्कलित रकमलाई बिमाको माध्यमबाट वैध बनाउने प्रयास पहिचान र नियन्त्रण गर्ने विषयमा व्यावहारिक उदाहरणसहित प्रशिक्षण दिइएको कम्पनीले जानकारी दिएको छ।

    कम्पनीका अनुसार, आर्थिक अपराध नियन्त्रण, आतंकवाद वित्तीयकरण रोकथाम तथा पारदर्शी कारोबार संस्कृतिको प्रवर्द्धनका लागि अभिकर्ता र कर्मचारीलाई थप सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य हो।

    सिटिजन लाइफले आफ्ना अभिकर्ता र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहक तथा नियामक निकायप्रति जिम्मेवार र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय