टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर

टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर

अर्थ डबली
सोमवार, चैत ३० २०७७
अर्थ डबली
सोमवार, चैत ३० २०७७ (अर्काइभ बाट)
  • टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर

    काठमाडौँ / नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको अध्यक्षमा दिलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । समितिको नवौँ वार्षिक साधारसभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । 

    images

    अध्यक्ष, प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष र सहकोषाध्यक्षबाहेक अन्य पदमा निर्वाचन भएको थियो । 

    समितिको वरिष्ठ उपाध्यक्षमा सुमन वोगटी, प्रथम उपाध्यक्षमा शिव ओझा, द्वितीय उपाध्यक्षमा अमर श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजु सन्याल, सचिवमा हेमराज श्रेष्ठ, सहसचिवमा राजन श्रेष्ठ र कोषाध्यक्षमा प्रदीप बस्नेत विजयी भएका छन् । 

    यस्तै, सहकोषाध्यक्षमा मनोज कार्की, सचिवालय सदस्यमा हरि पाठक, कुमार श्रेष्ठ, राजु रेग्मी, आनन्द राजथला र साजन पौडेल विजयी भएका हुन् । 

    यस्तै सदस्यमा प्रेमबहादुर बानियाँ, राजु पौडेल, शम्भु पौडेल, सुवास अधिकारी, सुरज खतिवडा, प्रमोद थापा, विष्णु कार्की, सविनकुमार राई, रविन्द्र सन्याल र धर्म गोपाली निर्वाचित भएका छन् । 

    साताको लोकप्रीय