काठमाडौँ / आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २३औं साधारण सभा यही वैशाख १२ गते हुने भएको छ । कम्पनीको चैत्र २० गते बसेको सञ्चालक समितिको ९९औं बैठकले साधारण सभाको समय तोकेको हो ।
उक्त साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २ गतेदेखि वैशाख १२ गतेसम्म कम्पनीको शेयर दाखिल खारेज गर्ने भएको छ ।