एनएमबि बैंकको ओम्नी च्यानल प्रयोग गरी नयाँ बर्षमा पैसा पठाउँदा शुल्क नलाग्ने

एनएमबि बैंकको ओम्नी च्यानल प्रयोग गरी नयाँ बर्षमा पैसा पठाउँदा शुल्क नलाग्ने

अर्थ डबली
बिहिवार, बैशाख २ २०७८
अर्थ डबली
बिहिवार, बैशाख २ २०७८ (अर्काइभ बाट)
  • एनएमबि बैंकको ओम्नी च्यानल प्रयोग गरी नयाँ बर्षमा पैसा पठाउँदा शुल्क नलाग्ने

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडको ओम्नी च्यानल प्रयोग गरी नयाँ बर्षमा निःशुल्क पैसा पठाउन सकिने भएको छ । 

    images

    बैंकले नयाँ वर्ष २०७८लाई ग्राहकवर्गसँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानलमार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको हो ।

    प्रत्येक महिनाको पहिलो हप्ता बैंकका ग्राहकहरूले विभिन्न प्रयोजनका लागि सेवा प्रदायकहरूलाई रकम भुक्तानी गर्नु पर्ने भएकोले बैंकले ओम्नी च्यानल (एप वा वेब)प्रयोग गर्न प्रोत्साहन गर्न उक्त सुविधा ल्याएको हो । 

    नेपालमा डिजिटल भुक्तानीको लागी ओम्नि च्यानल भित्र्याउने पहिलो बैंक हो । बैंकले पैसा पठाउ“दा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध समेत गरेको छ ।

    विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबि बैअग्रसर हुँदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मुलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याउदै लगेको छ ।

    बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरु संग सहकार्य गदै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 
    एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    साताको लोकप्रीय