दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

अर्थ डबली
शुक्रवार, बैशाख ३ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख ३ २०७८ (अर्काइभ बाट)
  • दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । 

    images
    images

    उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।  

    उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए । । सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

    शुक्रबार उनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

    उनले नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ । 

    यदि उनी संसदीय सुनुवाईबाट अनुमोदन भएका भने वर्तमान मुन सरकारको उनी तेस्रो प्रधानमन्त्री हुने पनि बताइएको छ । 

    वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उनले अरु पनि पाँच जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ पाँच जना मन्त्री राखेका बताइएको छ । 


    यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राखेका बताइएको छ । 

     

    साताको लोकप्रीय