दमननाथ ढुंगानाको टिप्पणीः अब चिन्ताको विषय छ,  ह्वीप तोडिन्छ भने ह्वीप प्रथा नै हटाउनु राम्रो !

दमननाथ ढुंगानाको टिप्पणीः अब चिन्ताको विषय छ,  ह्वीप तोडिन्छ भने ह्वीप प्रथा नै हटाउनु राम्रो !

अर्थ डबली
शनिवार, बैशाख ४ २०७८
अर्थ डबली
शनिवार, बैशाख ४ २०७८ (अर्काइभ बाट)
  • दमननाथ ढुंगानाको टिप्पणीः अब चिन्ताको विषय छ,  ह्वीप तोडिन्छ भने ह्वीप प्रथा नै हटाउनु राम्रो !

    काठमाडौं / पूर्वसभामुख तथा अधिकारकर्मी दमननाथ ढुंगानाले विशेष स्थितिमा ह्विप तोडिन्छ भने यस्तो प्रथा नै हटाउनु पर्ने टिप्पणी गरेका छन् ।  

    images
    images

    उनले हिजो कर्णाली प्रदेशमा सांसदहरुले फ्लोर क्रस गरेर महेन्द्र बहादुर शाहीको सरकार जोगिएपछि यस्तो बताएका हुन् ।

    आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत ह्वीप तोड्दा दंग पर्नु संसदीय व्यवस्थाको हारमा दंग पर्नुजस्तै भएको बताएका छन् । ढुंगानाले संसदीय प्रणालीमा फ्लोर क्रस गम्भीर चिन्ताको विषय भएको हिजो शुक्रबार नै उल्लेख गरेका थिए ।

    उनले संसदीय प्रणालीमा क्रस भोटिङ हुने भए पनि यो गम्भीर चिन्ताको विषय भएको  टिप्पणी गरेका थिए ।संसदीय व्यवस्थामा फ्लोर क्रस हुनु राम्रो संकेत नभएको बताउँदै उनले प्रथा नै हटाउनु वेस भनेका छन् । 

    कर्णाली प्रदेशको उदाहरणले अब सधैंको जिवन्त प्रश्न हुने उनको टिप्पणी छ । ढुंगाना लेख्छन्, ‘विवेकको मतदान कि निर्देशित मतदान ? संसदीय व्यवस्थाम, खासगरी सरकारमाथि विश्ववास अविस्वास जस्ता विषयमा ह्वीप तोडिन्छ भने प्रथा नै हटाउनु वेस ।’ 

    हिजो शुक्रबार कर्णाली प्रदेशमा नेकपा एमालेका ४ जना सांसदहरुले फ्लोर क्रस  गर्दा ाका मुख्यमन्त्री शाहीको पद  जागिएको थियो । यो स्थितिले केन्द्रमा समेत प्रधानमन्त्री केपी ओलीको सरकारलाई चिन्ताको विषय थपिएको छ । 

     

     

    साताको लोकप्रीय