फ्लोर क्रस गर्ने  एमालेद्वारा ३ प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन, प्रकाश ज्वालालाई केन्द्रको जिम्मा

फ्लोर क्रस गर्ने  एमालेद्वारा ३ प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन, प्रकाश ज्वालालाई केन्द्रको जिम्मा

अर्थ डबली
शनिवार, बैशाख ४ २०७८
अर्थ डबली
शनिवार, बैशाख ४ २०७८ (अर्काइभ बाट)
  • फ्लोर क्रस गर्ने  एमालेद्वारा ३ प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन, प्रकाश ज्वालालाई केन्द्रको जिम्मा

    काठमाडौं/  नेकपा एमाले कर्णाली प्रदेश कमिटीले हिजो शुक्रबार फ्लोर क्रस गर्ने पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

    images

    ती सांसदहरुले शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका थिए 

    आज शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी यस्तो निर्णय गरेको हो । तर प्रकाश ज्वालाको हमा भने केन्द्रमा सिफारिस गरिएको छ ।

    पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको  हो ।

    प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ । 

    साताको लोकप्रीय