एनआरएनएले १० अर्ब लगानी ल्याउने, लगानी ल्याउन अर्थमन्त्री पौडेलले दिए ३ मन्त्र

एनआरएनएले १० अर्ब लगानी ल्याउने, लगानी ल्याउन अर्थमन्त्री पौडेलले दिए ३ मन्त्र

रु १० अर्वको कोष बनाई नेपालको उद्यम, व्यावसाय र यातायात, पूर्वाधार आदि क्षेत्रमा लगानी गर्ने कम्पनीको मूख्य उद्धेश्य रहेको छ । छिट्टै  प्राथमिक  सेयर आईपिओ  निष्काशन गरिने पनि संघले जनाएको छ। 

अर्थ डबली
सोमवार, बैशाख ६ २०७८
अर्थ डबली
सोमवार, बैशाख ६ २०७८ (अर्काइभ बाट)
  • एनआरएनएले १० अर्ब लगानी ल्याउने, लगानी ल्याउन अर्थमन्त्री पौडेलले दिए ३ मन्त्र

    काठमाडौं / गैर आवासीय नेपाली संघ एनआरएनएले नेपालमा १० अर्व लगानी भित्र्याउने भएको छ ।  एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमीटेडको अवधारणा अनुसार उक्त लगानी आउने भएको हो  ।

    images
    images

    आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर लगानी ल्याउने विषय सार्वजनिक गरेको हो । एनआरएनए ले १० अर्व लगानी ल्याउँदा उक्त फन्डमा नेपाल सरकारको पनि ५ प्रतिशत लगानी हुनेछ । 

    आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा एनआरएनएको लगानीलाई अर्थमन्त्री विष्णु पौडेलले स्वागत गरे । उनले विश्वभर छरिएर रहेका नेपालीहरुबाट पूँजि एकीकृत भई मुलुकमा लगानी हुनु सुखद पक्ष भएको बताए ।

    यो नेपालको लगानी सम्मेलनको विकसित नतिजा भएको अर्थमन्त्री पौडेलले तर्क गरे ।

    सरकारले नेपालमा लगानी लाई स्वागत गरेको बताउँदै मन्त्री पौडेलले कार्यक्रममा उपस्थित एनआएनका व्यक्तिहरुलाई तीनमन्त्र सुनाए । 

    १. विदेशबाट आउने नेपालीहरुको लगानी कालो धन हुनु भएन । 
    २. लगानी बैंकीङ च्यानलबाट आउनुपर्दछ 
    ३. सरकारको राष्ट्रिय आयोजनाहरुमा लगानी हुनु पर्दछ । 

    अर्थमन्त्री पौडेलले विशेष जोड दिदै लगानीका लागि सरकारले विभिन्न कानुनी उल्झनहरु पन्छाउने र लगानीका लागि वातावरण तयार गर्न कुनै कन्जुस्याई नगर्ने बताए । तर, त्यस्ता लगानीका फन्टहरु कालो धनलाई कुनैपनि हालतमा मान्यता नदिईने उनले बताए ।

    यस्तै, लगानी बैंकीङ प्रणालीबाट आएका फन्टहरु स्वीकार्य हुने जुन सरकारको राष्ट्रिय आयोजनाहरुमा लगानी हुनुपर्ने उनले उल्लेख गरे ।

    यस्तै अर्को प्रसङ्गमा गैरआवासीय नेपालीहरुले आफ्नो मात्र लगानी ल्याउने नभई त्यस मुलुकबाट अन्य लगानी भित्र्याउन पनि विशेष दुतको रुपमा काम गरिदिन आग्रह गरे । उनले आफ्नो मन्तव्य दोहोर्याउँदै उपस्थित गैर आवासीय संघका पदाधिकारीहरुसँग आग्रह गरे, ‘तपाईहरुले मुलुकमा लगानीका लागि विशेष दुत भएर काम गरिदिनु पर्यो ।’

    मुलुकमा विश्वभर छरिएर रहेका नेपालीहरुको पूँजिलाई एकिकृत गर्दै संघले लगानी भित्र्याउन खोज्नु मुलुककै सफलता भएको मन्त्री पौडेलले बताए । ‘पूँजिमात्र नभएर गुड गभरर्नेस, ट्रान्सपरेन्सी, ब्रेन,  टेक्नोलोजी पनि भित्रन्छ । जसले नेपालको समृद्धि सपनालाई साकार पार्दछ ।

    आएको पूँजिलाई प्रोजेक्टहरु छनोट गरेर लगानीकर्ता तथा नेपाललाई नै राम्रो प्रतिफल दिन सक्नुस्  उनले भने, ‘हामी पनि नयाँ ढंगले चल्न चाहान्छौं अवरोधहरुलाई पन्छाएर समृद्धिको लागि अघि बढेका छौं । अब साँच्चिकै बुद्धको देशको अनुभव गर्न सक्छौं ।

    कुनै समय सिके राउत जस्तो विखण्डनको नारा लगाउने सिके राउत जस्तो व्यक्तिलाई पनि मातृभूमिप्रति काम गर्छु भनका छन् यस्तै, विद्रोही स्वभावका विप्लवलाई पनि हामीले संविधानको घेराभित्र ल्याएका छौं यसैले लगानीको वातावरण छ । सबैले मिलेर गरौं । सरकार सहजीकरण गर्छ सहयोगी बन्छ । 

    गत चैत ३० गते एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड विधिवत रुपमा कम्पनी रजिष्ट्रार  कार्यलयमा दर्ता भएको हो । यस कम्पनीको अधिकृत पूँजि १० अर्व रहेको छ । नेपाल सरकारको रु ५० करोड  शेयर लगानीसहित गैर आवासीय नेपाल प्रवद्र्धक रहेको यस कम्पनीमा ३ अर्वको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता आइसकेको छ । 
    प्रेस विज्ञप्ति अनुसार कम्तिमा रु १० अर्वको कोष बनाई नेपालको उद्यम, व्यावसाय र यातायात, पूर्वाधार आदि क्षेत्रमा  लगानी गर्ने कम्पनीको मूख्य उद्धेश्य रहेको जनाएको छ  । 

    गैर आवासीय नेपालीलाई लक्षित  गरी छिट्टै  प्राथमिक  सेयर आईपिओ  निष्काशन गरिने पनि संघले जनाएको छ । 
    जसमा दसौं लाख गैर आवासीय नेपाली सहभागी गराउने लक्ष्यका संसारभर खडा गरिएका एन आरएन च्याप्टरले कोषको प्रवद्र्धन, पूँजि परिचालन लगायत  अन्य विविध लगानीयोग्य कोषको निर्माण गरिने  संघले  अठोट लिएको छ ।

    साताको लोकप्रीय