कुमारी बैंक र ल्यान्डमर्क फुडस्बीच सहकार्य : बैंकका ग्राहकहरूलाई ल्यान्डमर्कमा आकर्षक छुट 

कुमारी बैंक र ल्यान्डमर्क फुडस्बीच सहकार्य : बैंकका ग्राहकहरूलाई ल्यान्डमर्कमा आकर्षक छुट 

अर्थ डबली
सोमवार, बैशाख ६ २०७८
अर्थ डबली
सोमवार, बैशाख ६ २०७८ (अर्काइभ बाट)
  • कुमारी बैंक र ल्यान्डमर्क फुडस्बीच सहकार्य : बैंकका ग्राहकहरूलाई ल्यान्डमर्कमा आकर्षक छुट 

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र जावलाखेलस्थित ल्यान्डमर्क फुडस्बीच सहकार्य गर्ने विषयमा एक सम्झौता भएको छ । 

    images
    images

    सम्झौता बमोजिम अब बैंकका आफ्ना ग्राहकरूले सेवाहरूमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट उक्त कम्पनीमा भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने भएका छन् । जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूनर्जागरणका लागि विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो रेस्टुरेण्ट्को विभिन्न सेवाहरूमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

    सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमर्क फुडस्तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । 

    सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    साताको लोकप्रीय