विशाल बजारको धितोपत्र दोस्रो बजार कारोबार फुकुवा 

विशाल बजारको धितोपत्र दोस्रो बजार कारोबार फुकुवा 

अर्थ डबली
बुधवार, बैशाख ८ २०७८
अर्थ डबली
बुधवार, बैशाख ८ २०७८ (अर्काइभ बाट)
  • विशाल बजारको धितोपत्र दोस्रो बजार कारोबार फुकुवा 

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विशाल बजार कम्पनी लिमिटेड (BBC)को दोस्रो बजार कारोबार फुकुवा गरेको छ ।

    images
    images

    नेप्सेले कम्पनीको कुनै पनि बार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु तीन कार्यदिनभित्र हालसम्मका सम्पूर्ण वित्तीय विवरणहरु पेस गर्न २०७७ माघ १२ गते निर्देशन दिएकोमा मागअनुसार कागजात पेश नगरेपछि कारोबार रोक्का गरिएको थियो । 

    २०७७ माघ १८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार रोक्का राखिएकोमा उक्त कम्पनीले बैशाख ३ गतेको पत्रानुसार कम्पनीको आर्थिक बर्ष ०७३/०७४, ०७४/०७५, ०७५/०७६, ०७६/०७७सम्मको लेखापरीक्षण हुन बाँकी र आर्थिक बर्ष ०७७/०७८ को पौष मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धबार्षिक वित्तीय विवरणहरु नेप्सेको वेभसाइटमा लगानीकर्ता र सरोकारवाला नियकाहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वार्षिक वित्तीय विवरणहरु अपलोड गरिएको जानकारी दिएको छ ।

    साथै उल्लेखित लेखापरीक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भए पश्चात यथाशिघ्र साधारणसभा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको र रोक्का राखिएको धितोपत्रको दोस्रो बजार कारोबार सुचारु गर्न आग्रह आएको कारण देखाउँदै नेप्सले उक्त कम्पनीको दोस्रो बजार कारोबार फुकुवा गरिएको जनाएको छ । 

    साताको लोकप्रीय