काठमाडौं/ जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एस् यु भि “प्रोटोन X 70 को रिपÞmाइन्ड मोडल सार्वजनिक गर्दैछ ।
यहि वैशाख १५ गते अर्थात अप्रिल २८ तारिखमा भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रम सोही मितिको साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
प्रोटोन ह्ठण् को बारे कुरा गर्न पर्दा यो अत्याधुनिक फिचर्स तथा उत्कृष्ट डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको एस् यु भि रहेको छ। फ्रोटोन X 70 को डिजाइन बाघबाट प्रभावित भइ गरिएको छ जसले ताकत र शक्तिको शहि समिश्रण जनाउँदछ ।
यसको अगाडिको बम्परको डिजाइन निहुरिएको वस्तु बाट प्रेरित भइ गरिएको छ, जसमा आधुनिक भाव प्रदान गर्ने परम्परागत तत्वहरुको प्रयोग भएका छन्। यसले एउटा प्रस्ट रेखा तयार पार्दै गति, उज्यालो र चपलताको एउटा स्पस्ट उपस्थिति झल्काउदछ ।
यसैगरी बाघको आँखा जस्तै डिजाइन भएका अगाडी भागको दिउँसै बाल्ने LED हेड लेम्पले यसको लुक्सलाई स्पोर्टी र विलासी बनाउँदछ। साथै यसमा रहेको पÞm्लोटिङ्ग रुफले माथी बाट हेर्दा यस गाडीलाई अझ आकर्षक, लामो र हल्का देखाउँदछ ।
यसको पछाडी भाग पनि निकै नै उत्कृष्ट ढंगले निकै नै सुविधा सम्पन्न तरिकाले डिजाइन गरिएको छ । पछाडी रहेका ीभ्म् ब्याक्लाइट ठुला र फराकिला देखिन्छन् र ठुलो ठाउँ सम्म उज्यालो पुर्याउन सक्छन्। साथै यसमा पछाडिको लाइटको तल पटि कुहिरो परेको बेला आफै बल्ने फग लेम्प्स समेत जडित छन् ।
यसमा रहेको १८ इन्चको स्पोर्टी एलोए चक्काले यस गाडीलाई सुन्दर, तिव्र गतिमा दौडिन सक्ने, स्पोर्टी र सुरक्षित बनाउँदछ।
प्रोटोन X 70 स्ट्यरिङ्ग व्हिलमा प्रिमियम कारहरूमा देखिने नप्पा लेदर पाउन सकिन्छ जुन हेर्दा राम्रो मात्र नभई कुदाउँदा खेरि पनि गज्जबको आनन्द दिलाउँदछ ।
साथै यसमा रहेका ड्राइभर र यात्रु बस्ने दुवै सिटहरुमा पनि नप्पा लेदरको प्रयोग भएको देख्न सकिन्छ जुन एकदमै आम्दायी र विलासी रहेका छन् ।
त्यस्तै ८ इन्चको ठुलो LED स्क्रीन, स्मार्ट मोबाइल फोन कनेक्टिविटी प्रणाली, इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणाली, ल्ढछ केबिन फिल्टर, ६ यु एस् बि पोर्टहरूले यस गाडीको भित्रि भागलाई निकै नै आकर्षक तथा सुविधा सम्पन्न बनाएका छन् ।
यो गाडी स्पेस ग्रे, स्नो वाइट, क्वार्ट्ज ब्लाक र आर्मोर सिल्भर गरेर ४ ओटा आकर्षक रङमा उपलब्ध रहेका छन् र विस्तारै यी सम्पूर्ण रङमा नेपालमा उपलब्ध हुनेछन् ।