काठमाडौँ / कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भोलि सोमबारदेखि सबै तहको परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोकथामबारे अपनाउनुपर्ने रणनीतिहरूबारे छलफल समेत गरेको छ ।
यसअघि सरकारले बैशाख महिनाभर सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्देशनपश्चात अहिले विद्यालयहरूले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गरिरहेका छन् ।