पूँजी बृद्धि गर्ने निर्णय गर्दै आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न, बीमा शुल्क १०.४५ प्रतिशतले बढ्यो 

पूँजी बृद्धि गर्ने निर्णय गर्दै आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न, बीमा शुल्क १०.४५ प्रतिशतले बढ्यो 

अर्थ डबली
सोमवार, बैशाख १३ २०७८
अर्थ डबली
सोमवार, बैशाख १३ २०७८ (अर्काइभ बाट)
  • पूँजी बृद्धि गर्ने निर्णय गर्दै आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न, बीमा शुल्क १०.४५ प्रतिशतले बढ्यो 

    काठमाडौँ / आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । यही बैंशाख १२ गते आइतबार सम्पन्न सभाले पूँजी बृद्धि बोनस तथा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीको व्यवसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पूँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक रहने भन्दै उक्त निर्णय गरिएको बताए ।

    उनका अनुसार हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ ।
    उल्लेखित पूँजी बृद्धि सम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने व्यहोरा ढकालले जानकारी गराए ।

    शेयरधनीहरूलाई स्वागत गर्ने क्रममा अध्यक्ष ढकाले विगतका साधारण सभामा शेयरधनीहरूको सुझाव मनन् गरी कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरीस्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको बताए । उनले सभाको निर्देशन वमोजिम निकट भविष्यमा नै उक्त जग्गामा भवन निर्माणको कार्य अगाडी बढाइने जानकारी दिए । 

    देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै उनले हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

    उनले भने “हाल कूल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यवसाय र मुनाफामा पनि क्रमशः वृद्धि हुनेछ भन्ने विश्वास छ ।”

    पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूँजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । 

    बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरू सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको अध्यक्ष ढकालले जानकारी दिए । 

    त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकाय र कर्मचारी साथीहरूको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रूपमा स्थापित भइरहेको जानकारी दिए । 

    लगानीकर्ताहरूको भावना र सञ्चालक समितिको निर्देशनले अगाडी बढिरहेको र निकट भविष्यमा नै कमपनीलाई ५औं स्थानमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताए । 

    कम्पनीले आर्थिक बर्ष २०७५.७६ मा रु.१ अरब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अरब ३९ करोड ९४ लाख  बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी दिए । 

    ime general news.JPG

    उनका अनुसार चालू आर्थिक बर्षको चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको छ । उनले ७ ओटै प्रदेशबाट बीमा सेवा प्रदान गरिरहेको र बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आएको बताए । 

    श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडि बढाउंदै बीमा सेवालाई जनस्तरसम्म पु-याउन कम्पनी प्रतिबद्ध रहेको बताए । 

    विश्वव्यापि रूपमा फैलिरहेको कोभिड(१९ को दोस्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न दिएको निर्देशनबमोजिम कम्पनीले अनलाई प्रविधि जुमको माध्यमबाट कम्पनीको साधारणसभा आयोजना गरेको थियो । 

     

     

     

     

    साताको लोकप्रीय