ज्योति लाइफ : २ अर्ब २८ करोड ६९ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीको यस्तो छ वित्तिय अवस्था

ज्योति लाइफ : २ अर्ब २८ करोड ६९ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीको यस्तो छ वित्तिय अवस्था

अर्थ डबली
सोमवार, बैशाख १३ २०७८
अर्थ डबली
सोमवार, बैशाख १३ २०७८ (अर्काइभ बाट)
  • ज्योति लाइफ : २ अर्ब २८ करोड ६९ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीको यस्तो छ वित्तिय अवस्था

    काठमाडौँ / ज्योति लाइफ इन्स्योरेन्सले चैत मसान्तसम्ममा २ अर्ब २८ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

    images
    images

    गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब १४ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक बर्षमा बीमा शुल्कमा शतप्रतिशत बृद्धि गरेको हो । 


    समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२ करोड ७ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ११ करोड ४१ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

    चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ११ लाख ५२ हजार रुपैयाँ कुल दाबी भूक्तानी गरेको छ । त्यस्तै, कम्पनीले खुद बीमा शुल्कमा पनि उल्लेख्य मात्रामा बृद्धि गरेको छ ।

     गत आर्थिक बर्षको चैत मसान्तसम्मा एक अर्ब २० करोड एक लाख ७४ हजार रुपैयाँ खुद बीमा शुल्क रहेको कम्पनीको यस आर्थिक बर्षको चैत मसान्तमा भने सो रकम बृद्धि भएर २ अर्ब २१ करोड ९ लाख ७७ हजार पुगेको छ । 

    कर्जा तथा अन्यबाट कम्पनीले १९ करोड ६३ लाख ५६ हजार रुपैयाँ नाफा आम्दानी गरेको छ भने बीमालेखको धितामा कर्जाबाट २८ करोड ५९ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ । 

    समीक्षा अवधिमा कम्पनीले ६ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ३८ लाख ५४ हजार रुपैयाँ मात्रै खुद दाबी भूक्तानी गरेको थियो । 

    अघिल्लो आवको तेस्रो त्रैमासमा एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको उक्त कम्पनीको यस आर्थिक बर्षको तेस्रो त्रैमासमा भने २ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । 

    गत आर्थिक बर्षको चैत मसान्तमा ३७ करोड ३९ लाख ४५ हजार रुपैयाँ मात्रै जगेडा कोषमा रहेको उक्त कम्पले अहिले सो कोष बृद्धि गरी ६० करोड ४ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा उक्त कोषमा १ अर्ब ४० करोड ४५ लाख ८९ हजार रुपैयाँ मात्रै रहेको थियो । 

    कम्पनीले सङ्कलित प्रिमियम तथा जगेडा कोषहरूमा रहेको रकमलाई दिर्घकालिन÷अल्पकालिन मुद्रा बजारमा परिचालन गरी ब्याज आम्दानी गर्दा कम्पनीको बीमा शुल्क बृद्धि भएको हो । 

    समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ७.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.२२ र प्रतिशेयर नेटवर्थ १३०.३३ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३००.९६ रुपैयाँ रहेको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

    कम्पनीको खुद मुनाफामा गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा बृद्धि भए पनि कम्पनीले जारी गरेको ६६ लाख कित्ता आइपिओ निष्काशन गरेको र चुक्ता पूँजी २ अर्ब २० करोड कायम भएको कारण प्रतिशेयर आम्दानीमा भने तुुलनात्मक रूपमा कमि देखिएको कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय