इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच बिप्रेषण कारोबार गर्ने सम्झौता

इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच बिप्रेषण कारोबार गर्ने सम्झौता

अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८
अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८ (अर्काइभ बाट)
  • इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच बिप्रेषण कारोबार गर्ने सम्झौता

    काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र डिजिटल वालेटबीच बिप्रेषण कारोबार गर्ने सम्झौता भएको छ । बैंकका अनुसार जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । 

    images
    images

    सो सम्झौता पछि जापानमा रहेका नेपालीहरूले डिजिटल वालेटको स्माइल मोवाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । उक्त मोवाइल एप गुगल प्लेस्टोर÷एमस्टोरबाट डाउनलोड गरी मोवाइलमा इन्स्टल गर्न सकिन्छ ।

    स्माइल मोवाइल रेमिट्यान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । स्माइल मोवाइलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरूबाट समेत तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

    कोभिड १९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माइल मोवाइल प्रयोग गर्न गरी छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न समेत बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ । 

    साताको लोकप्रीय