के हो एन आई सी एशिया बैंकले ल्याएको ‘Quick PayÚ ’ सेवा ? यसरी लिनुस डिजिटल भुक्तानी

के हो एन आई सी एशिया बैंकले ल्याएको ‘Quick PayÚ ’ सेवा ? यसरी लिनुस डिजिटल भुक्तानी

अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८
अर्थ डबली
मंगलवार, बैशाख १४ २०७८ (अर्काइभ बाट)
  • के हो एन आई सी एशिया बैंकले ल्याएको ‘Quick PayÚ ’ सेवा ?  यसरी लिनुस डिजिटल भुक्तानी

    काठमाडौं / एन आई सी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘त्तगष्अप एबथ’ सेवाको सुरुवात गरेको छ । 

    images

    हस्पिटालिटी, ट्राभल/ टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘त्तगष्अप एबथ’ सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

    बैंकबाट क्वीक पे ‘त्तगष्अप एबथ’ सेवा लिन चाहने व्यवसायीहरूले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले वहाँहरूलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ 

    उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सक्नेछन् । 

    उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्गमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न  सक्नेछन् ।

    अनलाईन भुक्तानी सेवामा आबद्ध नभएका ई–कमर्श कम्पनीहरूले क्वीक पे ‘त्तगष्अप एबथ’ को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाईन व्यवसाय गरिरहेका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्नेछन् । 

    यस क्वीक पे सेवाले अनलाईन र अफलाईन भुक्तानीको बीच गतिशील पुलको रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पु¥याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ । 

    हाल यस बैंकमार्फत कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे साइबरसोर्स (ऋथदभचकयगचअभ), ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप तथा अन्य अनलाईन भुक्तानीका माध्यमबाट डिजिटल कारोबारको सेवा उपलब्ध भएकोमा यस त्तगष्अप एबथ सेवाको सुरुवातले देशमा डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउन ठोस टेवा पुग्नेछ । 

    हाल देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार अवाञ्छनीय भएकोले समेत बैंकले ल्याएको ‘त्तगष्अप एबथ’ सेवा अत्यन्तै सुरक्षित तथा प्रभावकारी रहने बैंकले अपेक्षा लिएको छ ।

    बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

     

    साताको लोकप्रीय