काठमाडौं/ सनराइज बैंकले समता शैक्षिक गुठीलाई सहयोग प्रदान गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७,००० भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिदै आएको छ । उक्त समता शैक्षिक गुठीलाई रु ३ लाख सहयोग गरेको बैंकले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेशस्थित ६ वटा विद्यालयलाई रु ५०,००० का दरले हुने गरी कुल रु ३,००,००० सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।
बुधबार एक कार्यक्रमका बिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक संजेललाई रु ३,००,००० को चेक हस्तान्तरण गरेका थिए ।
गुठीले गरेको कामको उक्त कामको प्रशंसा पनि गरिन । यस्तै दिपक संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंकप्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्दै जाने जनाए ।
सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने जनाएको छ ।