माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने, रु तीन अर्व ९६ करोड  लागत खर्च

माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने, रु तीन अर्व ९६ करोड  लागत खर्च

अर्थ डबली
बुधवार, बैशाख १५ २०७८
अर्थ डबली
बुधवार, बैशाख १५ २०७८ (अर्काइभ बाट)
  • माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने, रु तीन अर्व ९६ करोड  लागत खर्च

    लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म सम्पन्न हुने देखिएको छ ।

    images
    images

    दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भइरहेको उक्त आयोजना आयोजना रु तीन अर्व ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । 
    आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुनेछ । 

    नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा रु आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ ।

    दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको  आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । 
    जेठको अन्तिम सातासम्म निर्माणकार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने तयारी भएको उनले बताए ।

    यहीहप्ताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ ।  आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ । 

    यस आयोजनाले यसअघि गत चैत महिनासम्म निर्माणकार्य सम्पन्न गर्दै विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
     कोभिडका कारणले आयोजनामा प्रभाव पारेकाले निर्माणकार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसकेकाले समेत विद्युत उत्पादनमा ढिलाइ हुनपुगेको आयोजना प्रवद्र्धक वस्तीको भनाइ छ । 

     तर निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवद्र्धक वस्तीले  बताए ।

    साताको लोकप्रीय