आजको मौसम : यी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा 

आजको मौसम : यी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा 

अर्थ डबली
शुक्रवार, बैशाख १७ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख १७ २०७८ (अर्काइभ बाट)
  • आजको मौसम : यी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

    images

    देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ। 

    दिउसो :  देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा  र तराईका एक/दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

    राती  : देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका  एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

     आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। 

    साताको लोकप्रीय