फोक्सो मात्रै होइन, शरीरका यी अङ्गहरूमा हुनसक्छ कोरोनाको असर, यस्तो छ सङ्केत

फोक्सो मात्रै होइन, शरीरका यी अङ्गहरूमा हुनसक्छ कोरोनाको असर, यस्तो छ सङ्केत

अर्थ डबली
शनिवार, बैशाख १८ २०७८
अर्थ डबली
शनिवार, बैशाख १८ २०७८ (अर्काइभ बाट)
  • फोक्सो मात्रै होइन, शरीरका यी अङ्गहरूमा हुनसक्छ कोरोनाको असर, यस्तो छ सङ्केत

    कोरोनाको दोस्रो लहरले नेपालमा भयावह अवस्था सिर्जना गरेको छ । संक्रमितको संख्या निरन्तर बढीरहेको छ ।

    images
    images

    दोस्रो लहरमा धेरै नयाँ लक्षणहरू पनि देख्न सकिन्छ, जसले यो भाइरसले फोक्सो मात्र होइन तर शरीरको अन्य भागहरूलाई पनि असर गरिरहेको छ भन्ने संकेत गर्दैछ ।

    स्वास्थ्य विज्ञहरू भन्छन् कि शरीरमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसले प्रतिरोधात्मक क्षमता कमजोर बनाइरहेको छ र शरीरका अन्य भागहरूमा पनि असर गराइरहेको छ ।

    यदि एक व्यक्तिलाई मधुमेह, उच्च रक्तचाप वा मोटोपनको समस्या छ भने यसले शरीरमा अधिक प्रभाव पार्दछ ।

    यस्तो अवस्थामा, यो महत्त्वपूर्ण छ कि कोरोना संक्रमित भएपछि, तपाईंले आफ्नो सबै लक्षणहरूमा ध्यान दिनुपर्दछ र शरीरमा हुने कुनै परिवर्तनहरूलाई वेवास्ता गर्नुहुन्न । कोरोनाले हाम्रो सम्पूर्ण शरीरलाई असर गरिरहेको छ । त्यस विषयमा यहाँ चर्चा गरिएको छ :

    मुटुमा असर

    जोसँग पहिले नै मुटु रोग छ वा जसको मेटाबोलिक प्रणाली कमजोर छ, ती व्यक्तिहरूमा कोभिड १९ को जोखिम उच्च हुन्छ । हार्वर्ड हेल्थ पब्लिकेशनका अनुसार, कोरोना संक्रमित बिरामीका मांशपेशी सुन्निन्छ ।

    करिब एक चौथाई बिरामीहरू जो गम्भीर लक्षणहरूपछि अस्पतालमा भर्ना भएका थिए, उनीहरूलाई पनि मुटुसम्बन्धी समस्या थियो । यी मध्ये एक तिहाइ मानिसहरूलाई पहिले नै मुटु रोग थियो ।

    पब्लिकेशनका अनुसार, असामान्य मुटुको गति, मुटु तीब्र रूपमा धड्कनु, छाती दुख्ने, थकान जस्ता लक्षणहरू प्रायः कोरोना भाइरस बिरामीहरूमा देखा पर्दछन् ।

    न्यूरोलजिकल समस्या

    पछिल्लो रिर्पोटहरूका अनुसार, कोभिड १९ का बिरामीमा मानसिक दुविधा, भ्रम, टाउको दुख्नु, रिङ्गटा लाग्ने वा कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छ ।

    जामा न्यूरोलोजीमा प्रकाशित एउटा अध्ययन अनुसार वुहानको अस्पतालमा भर्ना भएका २१४ मध्ये एक तिहाइ कोरोना संक्रमित बिरामीमा न्युरोलोजिक लक्षण पाइएको थियो जसमा छट्पटी हुने र स्ट्रोक जस्ता थियो ।

    यस अध्ययनले यो पनि दाबी गरेको छ कि ऋइख्क्ष्म्(ज्ञढ को प्रभाव लामो समय सम्म रहन सक्छ, जसका कारण अल्जाइमर र पार्किन्सन रोग जस्ता रोगहरू पनि बिरामीमा देखा पर्न सक्छ ।

    मृगौला खराब सक्छ

    अन्य समस्याका अलवा कोरोना संक्रमित बिरामीको किड्नीमा समस्या हुनसक्छ । सार्स कोभिड २ ले कोशिकाहरुलाई संक्रमण गर्दछ जसमा भाइरल स्पाइक प्रोटिन ब्ऋभ्द्द रिसेप्टर्ससँग सम्बन्धित छ ।

    यसको कारण किड्नी समेत कयौ अङ्गको कोशिका संक्रमित हुनसक्छ । मृगौलामा पुगेपछि, यो भाइरसले गम्भीर सूजन निम्त्याउँछ, जसले किडनीको टिशूमा पनि प्रभाव पार्दछ । यस कारणले, यूरिनको मात्रा घट्छ ।

    कोरोनाबाट स्वस्थ भए पछि पनि मृगौलाले राम्ररी काम गर्दैन । ब्लड क्लटिंग कोभिड १९ले शरीरमा गम्भीर सूजन निम्त्याउँछ जसको कारण धेरै मानिसहरूमा रगतको क्लटिंग बन्छन् ।

    यसको पछाडि के कारण छ भनेर अध्ययन अझै भइरहेको छ । विज्ञहरू भन्छन् कि एसिइद्द रिसेप्टर्समा पुगेपछि सार्स कोभिड २ भाइरस रक्तनलीहरुमा दबाब दिन्छ । यसको कारण उत्पादन हुने प्रोटिन ब्लड क्लटिंग बढ्छ ।

    डाक्टरहरूले धेरै घटनाहरू रिपोर्ट गरेका छन् जहाँ रगतको क्लटिंग केवल फोक्सोमा मात्र नभई खुट्टा र शरीरका अन्य भागहरूमा पनि देखिएको छ ।

    रिकभरी समयमा असर

    कोभिड १९ ले शरीरका धेरै भागहरूमा सूजन निम्त्याउँछ, जसको कारणले यसबाट स्वस्थ हुन धेरै समय लाग्छ ।

    यो भाइरस फोक्सोमा मात्र होइन मुटु र मस्तिष्किमा पनि असर गर्दछ । यसले लामो समयको लागि स्वास्थ्य समस्या हुने जोखिमलाई बढाउँछ ।

    साताको लोकप्रीय