एन आई सी एशिया बैंकका ग्राहकहरूले यी कम्पनीहरुबाट अनलाइनबाट सामान किन्दा नगद फिर्ता पाउने

एन आई सी एशिया बैंकका ग्राहकहरूले यी कम्पनीहरुबाट अनलाइनबाट सामान किन्दा नगद फिर्ता पाउने

अर्थ डबली
सोमवार, बैशाख २० २०७८
अर्थ डबली
सोमवार, बैशाख २० २०७८ (अर्काइभ बाट)
  • एन आई सी एशिया बैंकका ग्राहकहरूले यी कम्पनीहरुबाट अनलाइनबाट सामान किन्दा नगद फिर्ता पाउने

    काठमाडौँ / एन आई सी एशिया बैंकका ग्राहकहरुले विभिन्न कम्पनीहरूबाट अनलाइन सामान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने भएका छन् । 

    images
    images

    नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिरहेका बेला हामी सबैले आ–आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्न बैंकले उक्त योजना ल्याएको हो । 

    यस अवस्थामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रूपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा बैंकले आफ्नो घरमै बसेर विभिन्न अनलाइनमार्फत बैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

    बैंकले Sastodeal, Gyapu, Reecharger, Infi Store, Khanpin Foods र Tours बाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

    नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहक महानुभावहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । 

    यसका लागि ग्राहक महानुभावहरूले बैंकको कार्डमार्फत ई–कमर्श तथा पिओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नुहुनेछ ।

    साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ष्क्भचखभ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ ।

    मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

    २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

    उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

     

    साताको लोकप्रीय