कोरोना भाइरसको दोस्रो लहर बृद्धबृद्धाका साथै बच्चाहरू र युवाहरूका लागि घातक साबित भइरहेको छ । भारतका विभिन्न शहरहरूमा कोरोना भाइरस निकै तीव्र रूपमा देखिएको छ भने नेपालमा पनि त्यसको प्रभाव परिरहेको छ । स्वास्थ्य अधिकारीहरूले लक्षण देखेकाहरूलाई परीक्षण गर्न अपिल गरिरहेका छन् ।
भारतमा लक्षण देखिए पनि केही व्यक्तिको रिर्पोट भने नगेटिभ आएको बताइएको छ । यस्तो अवस्थामा कोरोना जाँचका क्रममा केही चिजहरूलाई ध्यान दिनुपर्ने स्रोतले जनाएको छ ।
कोरोना परीक्षण कुन समयमा गराउने ?
स्वास्थ्य अधिकारीहरूकाअनुसार, कोरोना भाइरस संक्रमणको धेरै लक्षणहरू रहेका छन् । जस्तैः ज्वरो, शरीर दुख्नु, गन्ध नआउनु, स्वाद थाहा नपाउनु, जाडो हुनु, श्वास फेर्न समस्या हुन आदि । यसबाहेक, आँखा रातो हुनु, पखाला लाग्नु, कानसँग सम्बन्धित समस्या देखिनु जस्ता कुनै पनि लक्षणहरू देखिएमा तुरुन्तै कोरोना परीक्षण गराउनुहोस् ।
कस्तो समयमा कोरोना परीक्षण नगराउने ?
विज्ञहरूका अनुसार, यदि एक व्यक्तिले कोरोना विरुद्धको भ्याक्सिनको दुबै डोज लिएको दुई हप्ताभन्दा बढी भएको छ र उनलाई कुनै लक्षण पनि देखिएको छैन भने संक्रमितको सम्पर्कमा आए पनि उनीहरूले परीक्षण गर्न आवश्यक छैन ।
कुन टेस्ट गर्नुपर्ने
RT-PCR एक गोल्ड स्टैडर्ड टेस्ट हो जबकि RAT ‘र्यापिड एन्टिजन टेस्ट’ हो जुन कोभिड १९ को तत्कालै नतिजा दिन्छ । RAT को पोजेटिभ रिपोर्टले कोविड १९ पुष्टी गर्दछ । यदि RAT रिपोर्ट नगेटिभ छ तर विरामीमा लक्षण छ भने RT-PCR परीक्षण गर्ने सल्लाह दिइन्छ ।
CT मान
सिटी स्कोर र मान दुबै अलग अलग चिज हो । RT-PCR मा ऋत् मानको अर्थ ‘साइकल थ्रैशहोल्ड भ्यालु’ हो । जो विरामीमा भाइरसको लोडको एक मार्कर हो । सिटी भ्यालु जति कम उति नै बिरामीलाई त्यति नै बढी जोखिम हुन्छ ।
सीटी स्कोर
कोरोनाका लक्षणहरू देखेर भारतमा डाक्टरहरूले केही बिरामीहरूको छातीको सिटिस्क्यान गर्नुपर्ने बताएका थिए । सीटी स्क्यानमा उच्च सीटी स्कोरले संक्रमणको अधिक जोखिमको संकेत गर्दछ ।
संक्रमित हुने खतरा कहिले हुन्छ ?
स्वास्थ्य विशेषज्ञहरूका अनुसार यदि तपाईं संक्रमित व्यक्तिको सम्पर्कमा ६ फिटाभन्दा कम र लगभग १५ मिनेटसम्म सम्पर्कमा रहनुहुन्छ भने भाइरस सर्न सक्दछ ।
संक्रमित व्यक्तिबाट टाढा रहनुहोस् र बाहिर जानु अघि मास्क लगाउनुहोस् र बाहिरबाट आइसकेपछि सफासँग हात धुनुहोस् ।
कोरोना संक्रमण भएपछि के गर्ने ?
यदि तपाइँ कोरोना संक्रमित हुनुभएको छ भने क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुहोस् । घरमा बालबालिका, वृद्धवृद्धा वा दिर्घरोगीहरू छन् भने उनीहरूको सम्पर्कमा नजानुहोस् ।