बिल गेट्स र मेलिन्डाले विवाहको २७ बर्षपछि किन गरे सम्बन्ध विच्छेदको फैसला ? यस्तो छ कारण 

बिल गेट्स र मेलिन्डाले विवाहको २७ बर्षपछि किन गरे सम्बन्ध विच्छेदको फैसला ? यस्तो छ कारण 

अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८
अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८ (अर्काइभ बाट)
  • बिल गेट्स र मेलिन्डाले विवाहको २७ बर्षपछि किन गरे सम्बन्ध विच्छेदको फैसला ? यस्तो छ कारण 

    माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डाले छुट्टिने निर्णय गरेका छन्। माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्।

    images
    images

    यी दुबैले विवाह गरेको २७ बर्षपछि सम्बन्ध विच्छेदको घोषणा गरेका छन्। मेलिन्डा र बिल गेट्सले संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । 

    विज्ञप्तिमा भनिएको छ, “धेरै कुराकानी र हाम्रो सम्बन्धबारे सोचविचार गरिसकेपछि हामीले आफ्नो विवाह अन्त्य गर्ने निर्णय गरेका छौं।, पछिल्ला २७ बर्षमा, हामीले आफ्ना तीन ठूला बच्चाहरू हुर्कायौँ। हामीले एक फाउन्डेसन पनि गठन गरेका छौँ जुन संसारभरका मानिसहरूका स्वास्थ्य र राम्रो जीवनको लागि काम गर्दछ। हामी अझै पनि उही सोच राख्नेछौं र यस मिसनको लागि सँगै काम गर्नेछौं। यद्यपि, अब हामी आउँदो समयमा पति र पत्नीको रूपमा सँगै बस्न सक्षम हुनेछैनौं। हामी नयाँ जीवन सुरु गर्न जाँदैछौं। यस्तो अवस्थामा, हामी र हाम्रो परिवारका गोपनीयतालाई सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौँ ।”

    २७ बर्ष पहिले भएको थियो विवाह  
    बिल गेट्स र मेलिन्डाको भेट १९८७ मा न्यूर्योकको एक्सपो - ट्रेड फेयरमा भएको थियो । यहीबाट यी दुईबीचमा कुराकानी हुन शुरु भयो ।

    बिल गेट्सले उसलाई माइक्रोसफ्ट कार पार्किङमा बाहिर घुुम्न जानका लागि सोधे । बिलले सोधेका थिए “अब दुई साताको लागि तिमी फुर्सद छौँ ?’ मेलिन्डाले उनको प्रस्ताव अस्वीकार गरिन् भनिन् “जब समय आउँछ, मलाई यो प्रश्न सोध्नुहोस् ।”

    यस पछि पनि, बिल गेट्सले हार मानेनन्। बिस्तारै उनीहरुको सम्बन्ध राम्रो बन्दै गयो । केही महिनापछि, ती दुईले वास्तवमा उनीहरूको सम्बन्धलाई सफल बनाए। १९९४ को नयाँ बर्षको दिन यी दुईले विवाह गरेका थिए । 

    साताको लोकप्रीय