खनाल र पूर्वरानीको स्वास्थ्यमा सुधार

खनाल र पूर्वरानीको स्वास्थ्यमा सुधार

अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८
अर्थ डबली
मंगलवार, बैशाख २१ २०७८ (अर्काइभ बाट)
  • खनाल र पूर्वरानीको स्वास्थ्यमा सुधार

    काठमाडौँ / नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । 

    images

    नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत  दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो । 

    अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख  छ । उनी कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए । 

    यस्तै प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहनुभएका पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको उनले बताए । 

    गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उनको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । 

    उनका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो । 

    साताको लोकप्रीय