आगामी तीन दिनको मौसम पूर्वानुमान : यी क्षेत्रहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने 

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी क्षेत्रहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने 

अर्थ डबली
शुक्रवार, बैशाख २४ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख २४ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : यी क्षेत्रहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
     
    देशभर आँशिक देखि सामान्य बदली रहेको छ। 

    images
    images

     आगामी तीन दिनको मौसम पूर्वानुमान

     २०७८ बैशाख २४ गते (शुक्रबार) 

    दिउँसो :  देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    राती : देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    २०७८ बैशाख २५ गते (शनिबार) 

    दिउँसो :  देशभर सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    राती : देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकि प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ। देशका प्रदेश नं १ का केहि तथा बाँकी पहाडि भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    २०७८ बैशाख २६ गते (आईतबार) 

    दिउँसो :  देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदलि रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

     राती : देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदलि रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

     आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी,  प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    साताको लोकप्रीय