युद्धमा होमिएका क्रान्तिकारीहरु जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ –नेतृ रामकुमारी झाँक्री

युद्धमा होमिएका क्रान्तिकारीहरु जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ –नेतृ रामकुमारी झाँक्री

अर्थ डबली
शुक्रवार, बैशाख २४ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख २४ २०७८ (अर्काइभ बाट)
  • युद्धमा होमिएका क्रान्तिकारीहरु जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ –नेतृ रामकुमारी झाँक्री

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नेतृ रामकुमारी झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताएकी छन् ।

    images
    images

    उनले सामाजिक सञ्जाल ट्वीटमार्फत यस्तो अभिव्यक्ति दिएकी हुन् । नेकपा एमालेमा पछिल्लो समय तिव्र विवाद आइरहदा माधव नेपाल पक्ष नेतृ झाँक्रीले आफ्नो अभिव्यक्ति दिएकी हुन् । यहि बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले आफ्नो विस्वासको मत लिने तयारी गर्दै गर्दा एमालेभित्र लगायत मुलुकको राजनीतिक गर्मी बढेको छ ।

    मुलुक कोरोना माहामारीले ग्रस्त भइरहेको बेला राजनीतिक नेतृत्व भने सत्ता हत्याउने ध्याउन्नमै दौडधुपमा छन् । त्यसको तरंग प्रदेश सरकारदेखि केन्द्रीय सरकारसम्म देखिएको छ ।

    प्रधानमन्त्री ओलीले चालेको पुस ५ को प्रतिगमन कदमका कारण राजनीतिक तरलता बढेको हो । नेतृ झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता नहुने बताएकी छन् ।

     उनले युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना भएको बताएकी छन् ।  जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने तर्क झाँक्रीको छ । 

    साताको लोकप्रीय