बालुवाटार जग्गा प्रकरण : बस्न्यातलाई पाँच लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

बालुवाटार जग्गा प्रकरण : बस्न्यातलाई पाँच लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

अर्थ डबली
शनिवार, बैशाख २५ २०७८
अर्थ डबली
शनिवार, बैशाख २५ २०७८ (अर्काइभ बाट)
  • बालुवाटार जग्गा प्रकरण : बस्न्यातलाई पाँच लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मुख्य आरोपितमध्येका एक दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अर्का अभियुक्त शोभाकान्त ढकालको विषयमा दुई न्यायाधीशको राय बाझिएको छ । 

    images
    images

    शुक्रबार बसेको न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई थुनामा राख्ने गरी विशेष अदालतबाट भएको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो । बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त हुन् । 

    ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा बस्न्यातको भूमिका फाइल पेस गर्नेसम्मको मात्र भएको, उनकै हैसियतका पदाधिकारीलाई धरौटीमा रिहा गरेको र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई थुनामा रहेर पुर्पक्ष गरिरहनु नपर्ने सर्वोच्चको आदेश छ ।

     ‘निवेदक दीप बस्न्यातलाई मुद्दामा पुर्पक्षको लागि थुनामा राख्नु मानवीय दृष्टिले अनुचित हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा बेमुनासिब र अनुपयुक्त देखिएको हुँदा निजलाई थुनामा राख्ने गरी भएको विशेष अदालतको मिति २०७७/०८/२८ को आदेश निज दीप बस्न्यातको हकमा बेरितको देखिँदा बदर गरिएको छ,’ आदेशमा उल्लेख छ ।
    आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    साताको लोकप्रीय