सिटिजन लाइफको छलाङः जीवन बीमा कोष रकम १३८ प्रतिशतले बढ्यो 

सिटिजन लाइफको छलाङः जीवन बीमा कोष रकम १३८ प्रतिशतले बढ्यो 

कम्पनीले यस चैत मसान्तसम्ममा रु.१४ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले कुल लगानी तथा कर्जा रकम रु ५ अर्व ४० करोड ७१ लाख मध्ये करिब ७५.२८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

अर्थ डबली
आइतवार, बैशाख २६ २०७८
अर्थ डबली
आइतवार, बैशाख २६ २०७८ (अर्काइभ बाट)
  • सिटिजन लाइफको छलाङः जीवन बीमा कोष रकम १३८ प्रतिशतले बढ्यो 

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/ ०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३८प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. १ अर्व २६ करोड ४९ लाख रहेकोमा यस चैत्र मसान्तमा सो रकम ३ अर्व १ करोड ११ लाख पुगेको छ । 

    यसका साथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बीमाशुल्क रु. १ अर्व १८ करोड ५३ संकलन गरेकोमा यस वर्षको सोही अवधिमा रु. २ अर्व ४८ करोड ७४ लाख संकलन गर्न सफल भएको छ । 


    यसरी हेर्दा बीमा शुल्क आर्जन ११० प्रतिशत प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १३८ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाखको उचाई चुमाएको छ ।
     साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी रु. ३७ करोड २ लाख पु¥याएको छ । 

    Citizen.JPG

    कम्पनीले यस चैत्र मसान्तसम्ममा रु.१४ करोड ५७ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ५ अर्व ४० करोड ७१ लाख मध्ये करिब ७५.२८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

    यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । 

    हरेक विषम परिस्थितिलाई अवसरको रूपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम सञ्चालन गरेको छ । 

    यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने गरि थप व्यवस्था समेत गरेको छ । 
    हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरू लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरू सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।

    साताको लोकप्रीय