काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन ने राजीनामा दिएका छन् ।
उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृतसमेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले बताएका छन् ।
राजनीतिक घटनाक्रम फरक ढंगले बढिरहदा उनको राजीनामा आउनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।