काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविस्वासको प्रस्ताव फेस गर्नु अघिल्लो दिन राजीनामा दिएका छन् । काम गर्ने वातावरण नै नपाएको कारण देखाउँदै उनले मूख्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भए गरेका कामहरुको करिब ४९ बुँदा लामो फेहरिस्त पेश गरेका छन् ।
मुख्यमन्त्री गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना भएको र आफूले पूर्ण काम गर्न नपाएको बताएका छन् । साथै संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएको बताएका छन् ।
हेर्नुस् मूख्यमन्त्री गुरुङले ४९ बुँदामा केके लेखे ?