यस्तो छ आजको तरकारी र फलफूलको मूल्य विवरण 

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य विवरण 

अर्थ डबली
मंगलवार, बैशाख २८ २०७८
अर्थ डबली
मंगलवार, बैशाख २८ २०७८ (अर्काइभ बाट)
  • यस्तो छ आजको तरकारी र फलफूलको मूल्य विवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको मूल्य विवरणअनुसार आज मंगलबार रातो आलुको औसत मूल्य ३६.५० रुपैयाँ र भारतीय रातो आलु २७.५० रुपैयाँ रहेको छ । 

    images
    images

    त्यसैगरी स्थानीय काउली ३५ रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ, कागती २१० रुपैयाँ, कुरीलो एक हजार एक सय रुपैयाँ, लोकल गाजर ४५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, गोलभेडा २१.५० रुपैयाँ, भारतीय गोलभेडा १७.५० रुपैयाँ र लोकल गोलभेडा १२.५० रुपैयाँ रहेको छ । 

    त्यस्तै, ग्याठ कोबी ५५ रुपैयाँ, घिउ सिमी (राजमा) ७५ रुपैयाँ, घिउ सिमी (लोकल) ५५ रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ४५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चमसूरको साग ५५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, कन्ने च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय