देशको पछिल्लो आर्थिक अवस्था कस्तो छ ? हेर्नुस् राष्ट्र बैंकको रिपोर्ट (पूर्णपाठ)

देशको पछिल्लो आर्थिक अवस्था कस्तो छ ? हेर्नुस् राष्ट्र बैंकको रिपोर्ट (पूर्णपाठ)

शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको रिर्पोटमा उल्लेख छ । त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ९६ करोड अमेरिकी डलर रहेको छ भने संघीय सरकारको खर्च रु.६९० अर्ब २८ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८७ करोड छ ।

अर्थ डबली
बुधवार, बैशाख २९ २०७८
अर्थ डबली
बुधवार, बैशाख २९ २०७८ (अर्काइभ बाट)
  • देशको पछिल्लो आर्थिक अवस्था कस्तो छ ? हेर्नुस् राष्ट्र बैंकको रिपोर्ट (पूर्णपाठ)

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बुधबार पछिल्लो ९ महिनाको रिर्पोट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको रिर्पोटअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ । त्यस्तै, आयात १३.१ प्रतिशतले र निर्यात २०.२ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको छ ।

    images
    images

    शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको रिर्पोटमा उल्लेख छ । त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ९६ करोड अमेरिकी डलर रहेको छ भने संघीय सरकारको खर्च रु.६९० अर्ब २८ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८७ करोड छ ।

    विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ केन्द्रिय बैंकले जनाएको छ ।  वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.९ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.७ प्रतिशत र निजीक्षेत्र माथिको दावी २१.८ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २३.० प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर २१.७ प्रतिशत छ ।
    हेर्नुस् पूर्णपाठ 

     

    साताको लोकप्रीय